नेप्से परिसूचक १६ दशमलव ६७ अङ्कले घट्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २०, २०७९
|
|
३० पटक हेरिएको
Shares
नेप्से परिसूचक १६ दशमलव ६७ अङ्कले घट्यो

सारांश

  • काठमाडौँ ।
  • यो साता कारोबारको लगातार दोस्रो दिन पनि पुँजीबजारमा गिरावट देखिएको छ ।
  • आइतबार २० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १६ दशमलव ६७ अङ्कले घटेको हो ।

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन पनि पुँजीबजारमा गिरावट देखिएको छ ।

आइतबार २० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १६ दशमलव ६७ अङ्कले घटेको हो । नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीको २८ लाख २९ हजार चार सय २६ कित्ता शेयर २७ हजार चार सय ५४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू ९२ करोड दुई लाख ४९ हजारमा खुम्चिएको छ ।

आज व्यापार समूह २५ दशमलव २२ अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय तीन दशमलव ३७ र बीमा समूह ४८ दशमलव ०४ अङ्कले घटेको छ । आज बैंकिङ समूह नौ दशमलव चार, विकास बैंक समूह ३४ दशमलव ३६, वित्त समूह १२ दशमलव ६५, होटल तथा पर्यटन समूह १७ दशमलव ७८ र जलविद्युत् समूह ३२ दशमलव ६४ अङ्कले घटेको छ ।

लगानी समूह शून्य दशमलव ६५, उत्पादन तथा प्रशोधन समूह ४५ दशमलव ४०, लघुवित्त समूह ३८ दशमलव ९९, लघुवित्त समूह ३९ दशमलव २५, म्युचुअल फन्ड समूह शून्य दशमलव १२ र अन्य समूह आठ अङ्कले घटेको छ । आज कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु बैंक डिबेन्चर २०८७ को मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज नविल बैंक लिमिटेडको सबैभन्दा धेरै रू तीन करोड ६२ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याको आधारमा ग्लोबल आईएमई बैंक लिमिटेडको सबैभन्दा धेरै एक लाख ४० हजार छ सय ४७ कित्ता शेयर किनबेच भएको छ ।

(www.genusinnovation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपतिका जग्गा: १ रोपनीको भाडा ४४ रुपैयाँ
पशुपतिका जग्गा: १ रोपनीको भाडा ४४ रुपैयाँ
सहमतिका आधारमा प्रदेश सरकारको ब्यबस्था खारेज अनि हिन्दूराष्ट्र कायम गरौं : कमल थापा
सहमतिका आधारमा प्रदेश सरकारको ब्यबस्था खारेज अनि हिन्दूराष्ट्र कायम गरौं : कमल थापा
त्रिभुवन विमानस्थलमा कर्मचारी कुटपिट गर्ने प्रहरीको ड्युटी परिवर्तन
त्रिभुवन विमानस्थलमा कर्मचारी कुटपिट गर्ने प्रहरीको ड्युटी परिवर्तन
आफ्नो प्रेमीबाट गर्भवती बनेपछि न्युजील्याण्डकी प्रधानमन्त्रीले राखिन् यस्तो रेकर्ड
आफ्नो प्रेमीबाट गर्भवती बनेपछि न्युजील्याण्डकी प्रधानमन्त्रीले राखिन् यस्तो रेकर्ड
कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्छ : अध्यक्ष ओली
कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्छ : अध्यक्ष ओली
नेपालगञ्जमा पनि बकर इदको रमझम
नेपालगञ्जमा पनि बकर इदको रमझम
चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा
चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा
निर्मला पन्त प्रकरण: आफूलाई राजा साहेब ठानेका विष्टले अन्य प्रहरीलाई पनि आफूसँगै अनुसन्धानमा ताने !
निर्मला पन्त प्रकरण: आफूलाई राजा साहेब ठानेका विष्टले अन्य प्रहरीलाई पनि आफूसँगै अनुसन्धानमा ताने !
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन
चितवन २ का कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
चितवन २ का कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

तपाईंले छुटाउनुभयो कि?