इलाममा झलनाथ खनाल र सुवास नेम्वाङको अग्रता
सारांश
- इलाममा प्रतिनिधिसभा तथा प्रदेशसभाका सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ ।
- प्रतिनिधिसभा क्षेत्र नं १ मा एमालेका वरिष्ठ नेता झलनाथ खनालले ९ हजार ९६९ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् भने नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले ५ हजार ७५९ मत प्राप्त गरेका छन्।
- यसैगरी इलाम–२ मा वाम गठबन्धनका सुवास नेम्वाङले ९ हजार ८४३ मत प्राप्त गरेका छन् ।
इलाममा प्रतिनिधिसभा तथा प्रदेशसभाका सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा एमालेका वरिष्ठ नेता झलनाथ खनालले ९ हजार ९६९ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् भने नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले ५ हजार ७५९ मत प्राप्त गरेका छन्।
यसैगरी इलाम–२ मा वाम गठबन्धनका सुवास नेम्वाङले ९ हजार ८४३ मत प्राप्त गरेका छन् । काँग्रेसका केशव थापाले छ हजार ९७३ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा २ (क) मा वाम गठबन्धनका राम रानाले ५ हजार ४ मत र काँग्रेसका डम्बर खड्काले ४ हजार २२ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा–२ (ख) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता धीरेन्द्र शर्माले ४ हजार १४४ मत प्राप्त गर्दा काँग्रेसका नेता खगेन्द्र देवानले २ हजार ८४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेशसभा १ (क) मा वाम गठबन्धनकी खिनु लिम्बूले ४ हजार ७९८ र काँग्रेसका देवेन्द्र राईले दुई हजार ८७८ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा १ (ख) मा वाम गठबन्धनकै काजीमान कागतेले छ हजार ६७७ र काँग्रेसका दुर्गा बरालले तीन हजार ३३७ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया