खानेपानी संस्थानमा अख्तियारकाे अाँखा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ६, २०७५
|
|
५० पटक हेरिएको
Shares
खानेपानी संस्थानमा अख्तियारकाे अाँखा

सारांश

  • काठमाडौं, ६ असार ।
  • नेपाल खानेपानी संस्थानमा पाइप खरिद प्रक्रिया सम्बन्धी मन्त्रालयमा उजुरी परेकाे छ ।
  • पाइप खरीदमा घाेटाला भएकाे भन्दै मन्त्रालयले छानबिन सुरू गरेकाे हाे ।

काठमाडौं, ६ असार । नेपाल खानेपानी संस्थानमा पाइप खरिद प्रक्रिया सम्बन्धी मन्त्रालयमा उजुरी परेकाे छ ।

पाइप खरीदमा घाेटाला भएकाे भन्दै मन्त्रालयले छानबिन सुरू गरेकाे हाे । २५ करोड घोटाला भएको उजुरी परेपछि मन्त्रालयले छानबिन सुरु गरेको बताइएकाे छ । उक्त उजुरीमा अख्तियारले  समेत चासाे दिएकाे बताइएकाे छ ।

मन्त्रालयले कानुन उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा मन्त्रालयका इन्जिनियरद्वय दिनेश अधिकारी र शेखर खनाल, लेखा अधिकृत राजेन्द्र प्रसाद घिमिरे र नेपाल खानेपानी संस्थानका विष्णु सुब्बा सदस्य रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

छानबिन समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छानबिन समिति संयोजक गुणराज श्रेष्ठले जानकारी दिए ।

खानेपानी संस्थानका लागि पाइप खरिद गर्दा महानिर्देशक भुपेन्द्र प्रसादले २५ करोड घोटाला गरेको उजुरी अख्तियार र खानेपानी मन्त्रालयमा परेको छ । भुपेन्द्र प्रसाद देउवा सरकारको पालामा संस्थानको शाखा प्रमुखबाट महानिर्देशक बनेका थिए ।

पाइप खरिद गर्दा किरण वैद्यको एक्जिम नेपाल र भाइराजा नकर्मीको फर्मसँग मिल्ने क्राइटेरिया बनाई २५/२५ करोड रुपैयाँको टेण्डर पारेको भन्दै अख्तियारमा उजुरी परेको थियो । दुवै टेण्डरलाई नियतवस १०/१० दिनको फरकमा निकालिएको र सार्वजनिक खरिद ऐनअन्तर्गत ग्लोबल टेण्डर नगरी उल्लिखित दुवै फर्मलाई उक्त टेण्डर दिइएको आरोप उजुरीमा लगाइएको छ ।

खानेपानी संस्थानले काठमाडौं उपत्यकाबाहेक सबै जिल्लाहरुमा खानेपानी वितरण र व्यवस्थापनको काम गर्दछ । काठमाडौं उपत्यकाभित्र भने त्यो काम केयूकेएलले गर्दै अाएकाे छ  ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Suresh Shrestha

    Yasma corruption bhakai chha

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?