गोली र खुकुरी प्रहार गरी श्रीमती र ११ वर्षिय छोराको हत्या

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २, २०७५
|
|
२३ पटक हेरिएको
Shares
गोली र खुकुरी प्रहार गरी श्रीमती र ११ वर्षिय छोराको हत्या

सारांश

  • रूकुम पश्चिम, २ मंसिर ।
  • रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन्।
  • जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन्।

रूकुम पश्चिम, २ मंसिर । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन्। बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा आमाछोरा हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

बुढाले श्रीमती र छोराको हत्यापछि आत्महत्याको प्रयास गरेको उनले बताए। बुढाले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए। बुढाले मदिरा सेवन गरी श्रीमती र छोराको हत्या गरेको बुझिएको र बाँकी अनुसन्धान गर्न बाँकी रहेको खड्काको भनाइ छ। बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीयवासीले भने बुढा मानसिक रूपमा स्वस्थ नरहेको बताएका छन्। बुढा यसअघि पाँच दिन जङ्गलमा बसेका थिए। परिवारले खोजी गरी घर ल्याई धामीझाँक्री गरेको र उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेका बेला घटना भएको स्थानीयवासीको भनाइ छ। बुढा परिवारमा यसअघि पनि पटकपटक झगडा हुने गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
आइसीसी यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्बजनिक
आइसीसी यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्बजनिक
एमाले र प्रजापरिषद् पार्टीबीच एकीकरण
एमाले र प्रजापरिषद् पार्टीबीच एकीकरण
यो तस्विर हेरेर किन रोईरहेको छ संसार
यो तस्विर हेरेर किन रोईरहेको छ संसार
‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए जेल जान तयार रहेको प्रधानमन्त्रीको घोषणा
‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए जेल जान तयार रहेको प्रधानमन्त्रीको घोषणा
काठमाडौं महानगरद्वारा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस
काठमाडौं महानगरद्वारा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस
प्रधानन्यायाधीश मिश्रले मुद्दा नहेर्ने
प्रधानन्यायाधीश मिश्रले मुद्दा नहेर्ने
संघीयताको टेको खुस्काउने प्रयास भैरहेको छ : प्रधानमन्त्री ओली
संघीयताको टेको खुस्काउने प्रयास भैरहेको छ : प्रधानमन्त्री ओली
धर्मेन्द्रको वायोपिक बन्ने, पर्दामा आफ्नै पिता बन्न इच्छुक शनी !
धर्मेन्द्रको वायोपिक बन्ने, पर्दामा आफ्नै पिता बन्न इच्छुक शनी !
शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री
शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?