शिकार खेल्न जाँदा बन्दुक पड्किएपछि साथीकै मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
शिकार खेल्न जाँदा बन्दुक पड्किएपछि साथीकै मृत्यु

सारांश

  • काठमाडौं ।
  • ताप्लेजुङमा जंगलमा शिकार खेल्न सँगै गएका साथीले बोकेको बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ ।
  • ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ इखाबुका ३७ वर्षीय देवीबहादुर लिम्बुको शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक पड्किएर मृत्यु भएको हो ।

काठमाडौं । ताप्लेजुङमा जंगलमा शिकार खेल्न सँगै गएका साथीले बोकेको बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ इखाबुका ३७ वर्षीय देवीबहादुर लिम्बुको शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक पड्किएर मृत्यु भएको हो ।

उनलाई साथीले बोकेको बन्दुक पड्केर गोली लागेको प्रहरीले जानकारी दिएको छ । बन्दुकको छर्रा लागेपछि उनको घटनास्थलमै ज्यान गएको हो ।

शिकार खेल्न सँगै निस्किएका सुरेन्द्र तामाङले लोड गरेर बोकेको बन्दुक हातबाट झरेर पहरामा ठोक्किदा पड्किएर छर्राले लागेर लिम्बुको मृत्यु भएको प्रहरीको भनाइ छ । तामाङलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?