ग्लोबल आइएमईले १६ प्रतिशत शेयर लाभांश दिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
३९ पटक हेरिएको
Shares
ग्लोबल आइएमईले १६ प्रतिशत शेयर लाभांश दिने

सारांश

  • काठमाडौँ, ४ पुस, ग्लोबल आइएमई बैंकले आफ्नो शेयरधनीलाई १६ प्रतिशत शेयर लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
  • सञ्चालक समितिको प्रस्तावअनुसार बैंकले आव २०७४/७५ को मुनाफा समेतबाट उक्त शेयर लाभांश प्रदान गर्ने घोषणा गरेको हो ।
  • सञ्चालक समितिले सोही हदसम्म जारी पूँजी वा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्तावसमेत स्वीकृत गरेको छ ।

काठमाडौँ, ४ पुस, ग्लोबल आइएमई बैंकले आफ्नो शेयरधनीलाई १६ प्रतिशत शेयर लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

सञ्चालक समितिको प्रस्तावअनुसार बैंकले आव २०७४/७५ को मुनाफा समेतबाट उक्त शेयर लाभांश प्रदान गर्ने घोषणा गरेको हो । सञ्चालक समितिले सोही हदसम्म जारी पूँजी वा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्तावसमेत स्वीकृत गरेको छ । बैंक सञ्चालक समितिको यही पुस १ गते बसेको बैठकले शेयर लाभांशसम्बन्धी निर्णय गरी आज नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको हो ।

बैंकले प्रस्ताव गरेको उक्त शेयर लाभांश नेपाल राष्ट बैंकबाट स्वीकृत तथा बैंकको साधरणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिने छ । बैंकले यही पुस २७ गते साधारणसभा बोलाएको छ ।

बैंकले अधिकृत पूँजी रु १० अर्बलाई वृद्धि गरी रु १६ अर्ब पु¥याउने महत्वकाङ्क्षी योजनासमेत सार्वजनिक गरेको छ ।

बैंकको चालु आवको पाँच महीनामा रु सात अर्ब ७० करोडले वृद्धि भई निक्षेप ११४ अर्ब २१ करोड पुगेको छ भने कर्जा नौ अर्ब ३० करोडले वृद्धि भई १०२ अर्ब ६७ करोड पुगेको छ ।

काबेलीले ३५ प्रतिशत शेयर लाभांश दिने

काबेली विकास बैंकले आफ्ना शेयरधनीलाई ३५ प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयर लाभांश वितरण गर्न लागेको हो ।

बैंक सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले शेयर लाभांशसम्बन्धी निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त शेयर लाभांश नेपाल राष्ट बैंकबाट स्वीकृत तथा बैंकको साधरणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिने छ ।

बैंकको हाल कायम रहेको रु २१ करोड पाँच लाख ९० हजार ४०० शेयरपूँजीको ३५ प्रतिशत रु सात करोड सैतीस लाख छ हजार ६४० को शेयर लाभांश प्रदान गर्न लागेको हो । शेयर लाभांश वितरणपछि बैंकको चुक्ता पूँजी रु २८ करोड ४२ लाख ९७ हजार ४० पुग्नेछ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्जुन कपुर मलाइका अरोराको घरमा, बुबाआमासँग हात माग्न गएको अनुमान !
अर्जुन कपुर मलाइका अरोराको घरमा, बुबाआमासँग हात माग्न गएको अनुमान !
श्रीमतीसँग सम्बन्ध भएको आशंकामा हत्या,विदेशी साबुनले खुल्यो रहस्य !
श्रीमतीसँग सम्बन्ध भएको आशंकामा हत्या,विदेशी साबुनले खुल्यो रहस्य !
३ हजार पुलिस  एकजोर जुत्ता चोरी गर्ने मानिसको खोजीमा ,
३ हजार पुलिस एकजोर जुत्ता चोरी गर्ने मानिसको खोजीमा ,
कञ्चनपुर फेरि आन्दोलितः भोलिदेखि सडक संघर्ष
कञ्चनपुर फेरि आन्दोलितः भोलिदेखि सडक संघर्ष
व्यवस्था उल्ट्याउन खोज्नेहरुविरुद्ध जनस्तरबाटै प्रतिरोध आवश्यक छ : प्रधानमन्त्री दाहाल
व्यवस्था उल्ट्याउन खोज्नेहरुविरुद्ध जनस्तरबाटै प्रतिरोध आवश्यक छ : प्रधानमन्त्री दाहाल
प्रदेश सभामुखमा कांग्रेसले दाबी नगर्ने
अष्ट्रेलियामा नयाँ आप्रवासन नीति, नेपालीहरू चिन्तित
अष्ट्रेलियामा नयाँ आप्रवासन नीति, नेपालीहरू चिन्तित
ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु, चालक फरार
भारतको कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत, सत्तारुढ भाजपालाई ठूलो झड्का
भारतको कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत, सत्तारुढ भाजपालाई ठूलो झड्का
प्रदेश ५ को मुख्यमन्त्रीका एक्लो दाबेदार शंकर पोखरेल
प्रदेश ५ को मुख्यमन्त्रीका एक्लो दाबेदार शंकर पोखरेल