मोरङक केही मतदान केन्द्रका स्थान सामान्य हेरफेर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २१, २०७४
|
|
५२ पटक हेरिएको
Shares
मोरङक केही मतदान केन्द्रका स्थान सामान्य हेरफेर

सारांश

  • विराटनगर, २१ कात्तिक, मोरङको केही मतदान केन्द्रको स्थान हेरफेर गरिएकोे छ ।
  • मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकले मतदाताको पहुँच, सुविधा र संख्यालाई ध्यानमा राखी विराटनगर–१०स्थित संसारीमाई स्थानमा रहेको सातवटा मतदान केन्द्रमध्ये तीनवटा मतदान केन्द्रलाई कोशी विद्या मन्दिरमा सार्ने निर्णय गरेकोे हो ।
  • त्यस्तै विराटनगर–६ स्थित शिक्षा सदन सरोचियामा रहेको १० वटा मतदान केन्द्रमध्ये चारवटालाई नजिकमा रहेको मणितारा बोडिङ स्कूलमा सार्ने सहमति भएको छ ।

विराटनगर, २१ कात्तिक, मोरङको केही मतदान केन्द्रको स्थान हेरफेर गरिएकोे छ ।

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकले मतदाताको पहुँच, सुविधा र संख्यालाई ध्यानमा राखी विराटनगर–१०स्थित संसारीमाई स्थानमा रहेको सातवटा मतदान केन्द्रमध्ये तीनवटा मतदान केन्द्रलाई कोशी विद्या मन्दिरमा सार्ने निर्णय गरेकोे हो ।

त्यस्तै विराटनगर–६ स्थित शिक्षा सदन सरोचियामा रहेको १० वटा मतदान केन्द्रमध्ये चारवटालाई नजिकमा रहेको मणितारा बोडिङ स्कूलमा सार्ने सहमति भएको छ ।

बूढीगंगा गाउँपालिका–२ स्थित हेल्थ पोष्टको नयाँ भवनमा कायम रहेको तीनवटै मतदान केन्द्रलाई नजिककै लीलाभक्त श्रेष्ठ प्राथमिक विद्यालयमा सार्ने निर्णय गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले राजनीतिक दल र उम्मेदवारका साथै आचारसंहिता पालना गर्न दायित्व बोकेका व्यक्तिले पूर्णरूपमा आचारसंहिता पालना नगरिएमा कडा कारबाही हुने बैठकमा चेतावनी दिनुभयो ।

सर्वदलीय बैठकमा निर्वाचन अधिकृत, निर्वाचन आयोगका साथै विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि र उम्मेदवार गरी ५५ जनाको सहभागिता थियो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ