घाइतेको २० घण्टापछि उद्धार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १२, २०७६
|
|
२१ पटक हेरिएको
Shares
घाइतेको २० घण्टापछि उद्धार

सारांश

  • हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरिरहेको लु ४ ख ३२६९ नं को टिपर दुर्घटना हुँदा घाइतेको २० घण्टापछि नेपाली सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको छ ।
  • घाइते भएका १३ मध्ये सिमकोट गाउँपालिका–६ का बक्त रोकायाको हुम्ला जिल्ला अस्पतालमा उपचारका क्रममा नै मृत्यु भएको र मृतकको सङ्ख्या चार पुगेको छ ।
  • हिजो दिउँसो २ः०० बजे दुर्घटना भएको टिपरमा चारको मृत्यु भइसकेको छ ।

हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरिरहेको लु ४ ख ३२६९ नं को टिपर दुर्घटना हुँदा घाइतेको २० घण्टापछि नेपाली सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको छ । घाइते भएका १३ मध्ये सिमकोट गाउँपालिका–६ का बक्त रोकायाको हुम्ला जिल्ला अस्पतालमा उपचारका क्रममा नै मृत्यु भएको र मृतकको सङ्ख्या चार पुगेको छ ।

हिजो दिउँसो २ः०० बजे दुर्घटना भएको टिपरमा चारको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१, हेप्कागाउँका छिरिङ कर्मा तामाङ, नरी लामा, खार्पुनाथ–१ का बबरजङ्ग शाही रहेका छन् । मृतकको शव परीक्षण जिल्ला अस्पतालमा भइरहेको छ ।

चालकले मदिरा सेवन गरी टिपर चलाएको प्रारम्भिक लक्षण पाइएको भए पनि रिपोर्टमा सो नपाइएको र अन्य विवरण प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयोे । दुर्घटनास्थलको कच्ची सडक खण्डमा दुई पटक सडकको उत्तरी र दक्षिण्ी भागमा टिपर ठोक्किँएको तेस्रो पटक दक्षिणी भागको भिरालो खण्डमा खसेको पाइएको छ ।

घाइते हुनेमा नाम्खा–१ का नाम्गेल लामा, नातोक लामा, सिन्दार तामाङ, सिमकोट–६ का कपिल रोकाया, खगेन्द्र रावत, कमल रोकाया, सन्तोष सुनार, रामकुमार रोकाया, सिमकोट– ७ का नर सुनार, खार्पुनाथ–५ का धनसिंह भण्डारी, सर्केगाड गाउँपालिका–२ का चालक आनन्द तामाङ गरी १२ घाइते भएका थिए । घाइतेमध्ये ११ को नेपालगञ्जतर्फ उपचारका लागि लगिएको छ । दुर्घटनामा अन्य क्षतिको विवरण हालसम्म छानबिनको क्रममा नै रहेको बताइएको छ । घाइतेको अधिकांशको अवस्था गम्भिर छ ।

हुम्ला शोकमग्न, विद्यालय खुलेनन्

चारको दुर्घटनामा मृत्यु भएपछि मृतकका आफन्त र सिङ्गो जिल्ला नै शोकमग्न भएको छ । मृतकको दाहसंस्कारका लागि सिमकोटमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी विद्यालयमा उपस्थित नहुँदा विद्यालयको पठनपाठन समेत प्रभवित भएको छ । सिमकोटमा रहेका तीन सरकारी र दुई निजी बोर्डिङ विद्यालयमा आज अघोषित नै बिदा भएको छ ।

घाइतेको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), ले एकमृष्ठ रु एक लाख नगद सहयोग कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीमार्फत जिल्ला समन्वय समितिका अध्यक्ष दानबहादुर रावतलाई प्रदान गरिएको छ । त्यसैगरी कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले रु १० हजार प्रदान गर्नुभएको र घाइतेको उपचार प्रदेश सरकारले नै गर्ने मन्त्री रावलले बताउनुभयो । (तस्बिर उपलव्ध छ )
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Methods To Buy Kasyno Online Blik
मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव ल्याइदै
मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव ल्याइदै
भूकम्पमा परी दुईको मृत्यु २४१ घाइते
भूकम्पमा परी दुईको मृत्यु २४१ घाइते
आजको राशीफल
आजको राशीफल
पुस १ लाई किन कालो दिवस !
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
देशभरका शक्तिपीठहरुमा भक्तजनको घुइँचो
देशभरका शक्तिपीठहरुमा भक्तजनको घुइँचो
हिमाली क्षेत्रमा देखिएको नेटवर्कको समस्याप्रति ध्यानाकर्षण भएको छ : मन्त्री शर्मा
हिमाली क्षेत्रमा देखिएको नेटवर्कको समस्याप्रति ध्यानाकर्षण भएको छ : मन्त्री शर्मा
विप्लवका छोरोको चेतावनीले मेडिकल र अस्पतालमा मच्चियो खैलाबैला
विप्लवका छोरोको चेतावनीले मेडिकल र अस्पतालमा मच्चियो खैलाबैला
हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?