चन्द्रागिरि– १२ का वडाध्यक्षमा काँग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ७, २०७४
|
|
७०७ पटक हेरिएको
Shares
चन्द्रागिरि– १२ का वडाध्यक्षमा काँग्रेस विजयी

सारांश

  • काठमाडौँ, ७ जेठ ।
  • चन्द्रागिरि नगरपालिका– १२ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ ।
  • काँग्रेसका प्रकाश श्रेष्ठले एक हजार १८८ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लक्ष्मण श्रेष्ठले ८०५ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौँ, ७ जेठ । चन्द्रागिरि नगरपालिका– १२ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ ।

काँग्रेसका प्रकाश श्रेष्ठले एक हजार १८८ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लक्ष्मण श्रेष्ठले ८०५ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा द्रौपदी अधिकारी, अस्मिता बयलकोटी, प्रदीप अधिकारी र भीमलाल महर्जन विजयी हुनुभएको छ ।

नगर प्रमुखको मतगणनामा हालसम्म काँग्रेसका घनश्याम गिरीले १२ हजार ६०९ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने एमालेका प्रह्लाद कार्कीले नौ हजार ७१६ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म उपप्रमुखका उम्मेदवार एमालेका लीसा नकर्मीले ११ हजार १०३ र काँग्रेसका इन्द्रावती श्रेष्ठले १० हजार ६०९ मत प्राप्त गरेको निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत दिवस भट्टराईले जानकारी दिनुभयो । कुल १५ वडा रहेको नगरपालिकामा ३८ हजार ८७२ मतदाता रहेकामा ३१ हजार ९२० मत खसेको थियो । वडा नं १४ र १५ को गणना जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा कोही जिवित भेटिएनन्
तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा कोही जिवित भेटिएनन्
चुनावको मुखमा प्रधानमन्त्रीले कार्यकर्तालाई बाँडे १६ करोड
चुनावको मुखमा प्रधानमन्त्रीले कार्यकर्तालाई बाँडे १६ करोड
साहसिक दुई युवाको प्याराग्लाइडिङ !
साहसिक दुई युवाको प्याराग्लाइडिङ !
सिमा पारी ग्राहकको भिड, वारी व्यापारीलाई पिरलाे !
सिमा पारी ग्राहकको भिड, वारी व्यापारीलाई पिरलाे !
नयाँ सरकारले देउवाले गरेका नियुक्ति र निर्णय खारेज गर्ने
नयाँ सरकारले देउवाले गरेका नियुक्ति र निर्णय खारेज गर्ने
वन क्षेत्रका लागि संघीय संरचना ‘ठूलो’ प्रस्ताव गरिँदा स्थानीय तहमा कर्मचारी अपुग हुने
वन क्षेत्रका लागि संघीय संरचना ‘ठूलो’ प्रस्ताव गरिँदा स्थानीय तहमा कर्मचारी अपुग हुने
८ महिनापछि बाहिरिए देउवा, इतिहासमै सबैभन्दा धेरै मन्त्री
८ महिनापछि बाहिरिए देउवा, इतिहासमै सबैभन्दा धेरै मन्त्री
देउवालाई भ्याइनभ्याई, नेता देखि राजदूतको बुढानिलकण्ठ दौडधूप
देउवालाई भ्याइनभ्याई, नेता देखि राजदूतको बुढानिलकण्ठ दौडधूप
कांग्रेस जिल्ला सभापति भेला : गुटगत स्वार्थबाट माथि उठ्न नेतृत्वलाई दबाब
कांग्रेस जिल्ला सभापति भेला : गुटगत स्वार्थबाट माथि उठ्न नेतृत्वलाई दबाब
भूपू सैनिक सम्मेलन मध्य पूर्वी पृतनामा सुरु
भूपू सैनिक सम्मेलन मध्य पूर्वी पृतनामा सुरु

तपाईंले छुटाउनुभयो कि?