नेपालकै यस्तो ठाउँ, जहाँ गर्भवती महिलालाई डोरीमा झुन्ड्याइन्छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
नेपालकै यस्तो ठाउँ, जहाँ गर्भवती महिलालाई डोरीमा झुन्ड्याइन्छ

सारांश

  • पाँचथर ।
  • पाँचथरको हिलिहाङ–४ साबिक पञ्चमी–८ की एक सुत्केरी महिलाको समयमै जिल्ला अस्पताल पाँचथरमा ल्याउन सक्दा ज्यान बचेको छ ।
  • स्थानीयवासी २२ वर्षीया तारा लुवागुनलाई सुत्केरी व्यथा लागेका बेला छिमेकी लयप्रसाद संग्रौैला आफ्नो खेतमा पानी लगाउन गएको बेला घरमा कोही मानिसको होहल्ला सुनेर उनी पनि त्यतैतिर लागे ।

पाँचथर । पाँचथरको हिलिहाङ–४ साबिक पञ्चमी–८ की एक सुत्केरी महिलाको समयमै जिल्ला अस्पताल पाँचथरमा ल्याउन सक्दा ज्यान बचेको छ । स्थानीयवासी २२ वर्षीया तारा लुवागुनलाई सुत्केरी व्यथा लागेका बेला छिमेकी लयप्रसाद संग्रौैला आफ्नो खेतमा पानी लगाउन गएको बेला घरमा कोही मानिसको होहल्ला सुनेर उनी पनि त्यतैतिर लागे ।

त्यहाँ उनले लुवागुनलाई केही महिलाले डोरीमा झुण्ड्याएर केहीले पछाडिबाट ठेल्दै त केहीले छेउ छेउबाट निचोर्दै गरेको देखेपछि उनले ‘यो के गरेको भनी सोध्दा’ त्यहाँ भएका महिलाले ‘यसलाई सुत्केरी गराउन लागेको’ भनेपछि संग्रौलाले उनलाई यसो गर्नु हुन्न यसो गर्नाले आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन सक्छ, तुरुन्त जिल्ला अस्पताल लैजानुपर्छ भनी तत्काल सवारीसाधन समेतको व्यवस्था गरी स्वयंले लिएर आए ।

नियमित गर्भ जाँचसमेत गरेको बताउने लुवागुन सुत्केरी हुन् भने कसैले पनि अस्पताल जानुपर्छ नभनेको बरु हामीले कतिवटा बच्चा जन्मायौँ ? भन्दै स्थानीयवासीले घरमै बच्चा जन्मिन्छ भनेको उनी सुनाउँछन् ।

लुवागुन अहिले अस्पतालको शैयामा छन् । उनी छोरीका साथ बसिरहेका छन् । अहिले उनी भन्छन्, ‘धन्य छ, लय काकाले मलाई बचाउनुभयो । अरूले अस्पताल जानु पर्दैन यहीँ हुन्छ भनेपछि मैले डोरीमा झुण्डिएर बच्चा जन्माउन खोजें ।’

‘मैले केहीबेर ढिला गरेर देखेको भए यी महिला र बच्चा दुवैको ज्यान जोखिममा हुन सक्थ्यो,’ संग्रौैलाले भने, ‘हाम्रो समाजमा चेतनाको कमी त छँदै छ, तर यतिसारो पिछडिएकै छ भन्ने मलाई नै थाहा थिएन ।’

आर्थिकरुपमा समेत कमजोर र परिवारका अन्य सदस्यसमेत अपाङ्ग भएकी ती दलित महिलाका लागि संग्रौलकै पहलमा जिल्लामा आर्थिक सहयोगसमेत जुटेको छ । अहिले उनलाई विभिन्न स्रोतबाट करिब १५ हजारभन्दा बढीको सहयोग भएको तारा स्वयंले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उप–प्रमुख खारेज गर्न काठमाडौं महानगरपालिकाकी उप–प्रमुखकाे सुझाव
उप–प्रमुख खारेज गर्न काठमाडौं महानगरपालिकाकी उप–प्रमुखकाे सुझाव
राष्ट्रियसभाका समितिको सभापतिका लागि मनोनयन आज, कांग्रेस निर्णयविहीन
राष्ट्रियसभाका समितिको सभापतिका लागि मनोनयन आज, कांग्रेस निर्णयविहीन
प्रहरी अधिकृतहरू ३० वर्षे सेवा अवधि हटाउन किन पुगे सर्वोच्च ?
प्रहरी अधिकृतहरू ३० वर्षे सेवा अवधि हटाउन किन पुगे सर्वोच्च ?
कांग्रेसको भातृ संगठन तरुण दलका नेता पेस्तोलसहित पक्राउ
कांग्रेसको भातृ संगठन तरुण दलका नेता पेस्तोलसहित पक्राउ
एमालेलाई मधेश विरोधी भन्नेहरु नै मधेशीका शत्रु हुन् : उपाध्यक्ष वामदेव गौतम
एमालेलाई मधेश विरोधी भन्नेहरु नै मधेशीका शत्रु हुन् : उपाध्यक्ष वामदेव गौतम
गौतमका परिवारलाई भेट्न जाने भनेर नेताहरुले ढाँटे
सहमति कार्यान्वयनमा ओली गम्भिर नभएको भन्दै दाहाल-नेपाल गठबन्धन सक्रिय
सहमति कार्यान्वयनमा ओली गम्भिर नभएको भन्दै दाहाल-नेपाल गठबन्धन सक्रिय
प्रदेश नम्बर एक : एक वर्षमा २० विधेयक प्रमाणीकरण
प्रदेश नम्बर एक : एक वर्षमा २० विधेयक प्रमाणीकरण
Catalan parliament declares independence from Spain
Catalan parliament declares independence from Spain
पर्यटनमा कोरोना कहरः १० महिनापछि पर्यटक गणना शुरु
पर्यटनमा कोरोना कहरः १० महिनापछि पर्यटक गणना शुरु

तपाईंले छुटाउनुभयो कि?