दुम्सी मार्न खोज्दा आमाको मृत्यु छोराछोरी बेहोस

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
दुम्सी मार्न खोज्दा आमाको मृत्यु छोराछोरी बेहोस

सारांश

  • गाईघाट साउन,२८।
  • खोटाङ जिल्लाको  खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा आगो लगाई दुम्सी मार्न खोज्दा स्थानीय ४५ वर्षिया सरिता तामाङको मृत्य भएको छ भने दुम्सी समात्न गएका उनका छोरा ११ वर्षीय नवल र ८ वर्षकी छोरी पुजना बेहोस अवस्थामा फेला परेको इलाका प्रहरी चौकी सिम्पानीले जनाएको छ।
  • ओढारभित्र पसेको दुम्सीलाई आगो लगाई मार्न खोज्दा घटना भएको हो।

गाईघाट साउन,२८। खोटाङ जिल्लाको  खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा आगो लगाई दुम्सी मार्न खोज्दा स्थानीय ४५ वर्षिया सरिता तामाङको मृत्य भएको छ भने दुम्सी समात्न गएका उनका छोरा ११ वर्षीय नवल र ८ वर्षकी छोरी पुजना बेहोस अवस्थामा फेला परेको इलाका प्रहरी चौकी सिम्पानीले जनाएको छ।

ओढारभित्र पसेको दुम्सीलाई आगो लगाई मार्न खोज्दा घटना भएको हो। गुम्सिएर सरिताको मृत्य भएको र  छोराछोरी पनि बेहोस अवस्थामा फेला परेको इलाका प्रहरी चौकी सिम्पानीले जनाएको छ।घरका तीनै जना धेरैसमय सम्म  बाहिर ननिस्केपछि घरका अन्य सदस्य र गाउँलेहरुले खोजी गर्दै जाँदा डिउखोलाको ओढारभित्र आगोले डढेको कपडाहरु  भेटेपछि प्रहरी चौकी सिम्पानीमा खबर गरेका थिए। प्रहरीले सरितालाई मृत अवस्थामा र छोरा छोरीलाई बेहोस अवस्थामा ओडारमा फेला पारेको थियो।

घटनाको सम्बन्धमा प्रहरी कार्यालय खोटाङले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bassha Kamal

    yo kuro aafai huna sakdaina

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?