मानव तस्करको ट्रान्जिट बन्दै युरोप

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०८०
|
|
६५ पटक हेरिएको
Shares
मानव तस्करको ट्रान्जिट बन्दै युरोप

सारांश

  • काठमाडौं।
  • मानव तस्करहरूले पछिल्लो समय खाडीका विभिन्न मुलुक तथा नेपाल, भारत हुँदै आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपालीहरूलाई युरोपका विभिन्न मुलुकमा पुर्‍याउने क्रम बढेको छ।
  • बुधबार मात्र गैरकानुनी बाटो हुँदै नेपालीलाई स्पेन पुर्‍याउने गिरोहका नौ जनालाई स्पेन प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं। मानव तस्करहरूले पछिल्लो समय खाडीका विभिन्न मुलुक तथा नेपाल, भारत हुँदै आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपालीहरूलाई युरोपका विभिन्न मुलुकमा पुर्‍याउने क्रम बढेको छ। बुधबार मात्र गैरकानुनी बाटो हुँदै नेपालीलाई स्पेन पुर्‍याउने गिरोहका नौ जनालाई स्पेन प्रहरीले पक्राउ गरेको छ ।

स्पेनी प्रहरीले ‘अपरेसन एभरेस्ट’ नाम दिएको कारबाहीमा सो गिरोहको स्पेनमा रहेको नेटवर्क तोडेको हो । स्पेनका प्रहरी अधिकारीहरूले म्याड्रिड र लस पाल्मासमा गरिएको अपरेसनमा नेपाली नागरिकलाई ठगीपूर्वक सेन्जेन भिसा प्राप्त गराउने काममा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेको सो समूहले नेपालबाट स्पेनको म्याड्रिड वा लस पाल्मासको भारतीय रेस्टुरेन्टमा नेपाली लैजान गैरकानुनी बाटोको प्रयोग गर्ने गरेको थियो । यसका लागि सो गिरोहले १५ हजार युरो (करिब २२ लाखबढी नेपाली रुपैयाँ) असुल्ने गरेको प्रहरीले जनाएको छ ।

यस गिरोहले ८३ जना नेपालीलाई अवैध रूपमा नेपालबाट स्पेन ल्याएको प्रमाण पनि फेला पारेको स्पेन प्रहरीले जनाएको छ । यद्यपि, सो गिरोहले भारतबाट ओसारपसार गर्नेहरूसहित ३ सयबढी नेपालीलाई गैरकानुनी बाटो हुँदै स्पेन भित्र्याएको अनुमान छ । सो गिरोहले थाइल्यान्ड, रसिया, पोल्यान्ड, रुमानिया वा माल्टाको सिमाना हुँदै युरोपेली क्षेत्रमा प्रवेश गराउने गरेको प्रहरीले जनाएको छ ।

स्पेनी अधिकारीहरूका अनुसार आप्रवासीहरूको उद् गम देश नेपालबाट तस्करीको बाटो सुरु भएको हो । त्यहाँबाट सेन्जेन राष्ट्रका दूतावास र नेपालका लागि वाणिज्य दूतावास रहेको भारतमा नक्कली कागजात पेस गरेर आपराधिक सञ्जालले प्रणालीमा हेरफेर गरेको थियो ।

नेपाली र युरोपेली कम्पनीहरूबाट काम र अध्ययनको झूटा प्रस्तावहरूले लामो अवधिको भिसा प्राप्त गर्नका लागि आधार बनाएको छ, जसले सेन्जेन क्षेत्रमा ९० दिनभन्दा बढी बस्न अनुमति दिएको छ । भिसा प्राप्त गरेपछि, आप्रवासीहरू पोल्यान्ड र माल्टा हुँदै सेन्जेन क्षेत्रमा प्रवेश गरे र त्यसपछि तिनीहरू आफ्नो अन्तिम गन्तव्य-स्पेन पुगे ।

स्पेन आइपुगेपछि, आपराधिक सञ्जालले उनीहरूलाई भारतीय रेस्टुरेन्टहरूमा काम उपलब्ध गराएको थियो, जसको अर्थ उनीहरू झुटा रूपमा प्राप्त कागजातहरूसहित स्पेनमा बसिरहेका थिए । माथि उल्लिखितबाहेक, प्रहरीले यस नेटवर्कले नेपाली आप्रवासीहरूलाई स्पेनिस राष्ट्रियता परीक्षा उत्तीर्ण गर्न मद्दत गरेको फेलापारेको प्रहरीले जनाएको छ ।

यो अपरेसन म्याड्रिडमा दुई घरमा खोजतलास गर्दा ७ हजार ९ सय ५५ युरो नगदसहित विभिन्न इलेक्ट्रोनिक उपकरणहरू, कम्प्युटरहरू र अन्य सान्दर्भिक कागजातहरू जफत गरिएको स्पेन प्रहरीले जनाएको छ । युरोपेलीसँगको सहकार्यमा प्रहरीको अभियान सन् २०२२ मा भारतीय–केन्द्रित तस्करी नेटवर्कविरुद्धको सफल ‘क्र्याकडाउन’बाट सुरु भएको हो ।

त्यसपछिको अनुसन्धानले अधिकारीहरूलाई म्याड्रिडमा आधारित आपराधिक सेलको पर्दाफास गर्न नेतृत्व ग-यो, जुन भारत, नेपाल, लिथुआनिया र पोल्यान्डजस्ता धेरै मुलुकहरूमा शाखाहरू भएको ठूलो अन्तर्राष्ट्रिय नेटवर्कमा जोडिएको थियो ।

राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध
नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध
टेलिकमले बाढी प्रभावित जिल्लामा निःशुल्क प्रिपे्रड सिम दिने
टेलिकमले बाढी प्रभावित जिल्लामा निःशुल्क प्रिपे्रड सिम दिने
सांसदका श्रीमती र छोराले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने
सांसदका श्रीमती र छोराले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने
पानीले बाँध नाघेपछि एक सय गाउँमा बाढी !
पानीले बाँध नाघेपछि एक सय गाउँमा बाढी !
न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन, ‘सामान्य वास्तविकता’ बन्नुपर्छः महान्यायाधिवक्ता भण्डारी
न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन, ‘सामान्य वास्तविकता’ बन्नुपर्छः महान्यायाधिवक्ता भण्डारी
इथियोपिया विमान दुर्घटनापछि बोइङका उही मोडलका जेटहरू ग्राउन्डेड
इथियोपिया विमान दुर्घटनापछि बोइङका उही मोडलका जेटहरू ग्राउन्डेड
ट्रम्पले भने-कश्मिरको स्थिति ‘विस्फोटक’
ट्रम्पले भने-कश्मिरको स्थिति ‘विस्फोटक’
अपडेटः आयो २२८ स्थानको नतिजा, एमालेले पार गर्‍यो शतक
अपडेटः आयो २२८ स्थानको नतिजा, एमालेले पार गर्‍यो शतक
मंसिर ८ गते सोमवारको राशिफल यस्तो छ
मंसिर ८ गते सोमवारको राशिफल यस्तो छ
ओली र प्रचण्डलाई बस्न छुट्टै कुर्सी छैनन् !
ओली र प्रचण्डलाई बस्न छुट्टै कुर्सी छैनन् !