हलिउड फिल्म मेकर माथि अदालतमा यौन मुद्दा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २९, २०७४
|
|
३० पटक हेरिएको
Shares
हलिउड फिल्म मेकर माथि अदालतमा यौन मुद्दा

सारांश

  • अमेरिकाको न्युयोर्कमा कानूनी अधिकारीले हलिवुड चलचित्र निमार्ता हार्वी वाइन्स्टिनको कम्पनी विरुद्ध मुद्दा दर्ता गरेका छन् ।
  • यौनहिंसाको आरोपमा अनुसन्धानको घेरामा आएका वाइन्स्टिनसहित उनको द वाइन्स्टिन कम्पनी विरुद्ध पनि मुद्दा दर्ता भएको हो ।
  • कम्पनीले कर्मचारी तथा अभिनेत्रीलाई वाइन्स्टिनबाट जोगाउन नसकेको आरोप लगाउँदै मुद्दा दायर गरिएको हो ।

अमेरिकाको न्युयोर्कमा कानूनी अधिकारीले हलिवुड चलचित्र निमार्ता हार्वी वाइन्स्टिनको कम्पनी विरुद्ध मुद्दा दर्ता गरेका छन् । यौनहिंसाको आरोपमा अनुसन्धानको घेरामा आएका वाइन्स्टिनसहित उनको द वाइन्स्टिन कम्पनी विरुद्ध पनि मुद्दा दर्ता भएको हो । कम्पनीले कर्मचारी तथा अभिनेत्रीलाई वाइन्स्टिनबाट जोगाउन नसकेको आरोप लगाउँदै मुद्दा दायर गरिएको हो । वाइन्स्टिनमाथि बलात्कारसँगै यौन उत्पीडनका आरोप लगाइएका छन् । तर वाइन्स्टिनले यी आरोपहरु अस्वीकार गर्दै आएका छन् । उनले आफूले सहमति बिना कसैसँग पनि यौन सम्बन्ध कायम नगरेको बताउने गरेका छन् । तर न्युयोर्कका न्यायाधीवक्ताले चार महिना लगाएर गरेको अनुसन्धानपछि वाइन्स्टिन कम्पनी विरुद्ध मुद्दा दायर गरिएको बताएका छन् । न्युयोर्कका न्यायाधीवक्ता एरिक स्नाइडरम्यानले वाइन्स्टिन कम्पनी, वाइन्स्टिन र उनको भाइ रोबर्ट विरुद्ध आइतबार मुद्दा दायर गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?