चिनियाँ रक्षा मन्त्री चानको सम्मानमा रात्रीभोजको आयोजना

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १२, २०७३
|
|
३७८ पटक हेरिएको
Shares
चिनियाँ रक्षा मन्त्री चानको सम्मानमा रात्रीभोजको आयोजना

सारांश

  • चैत्र १२ , काठमाडौं नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षा मन्त्री चिनियाँ रक्षा मन्त्री चान वानक्वानको सम्मानमा रक्षा मन्त्री बालकृष्ण खाँडले शुक्रवार रात्रीभोजको आयोजना गर्ने भएका छन् ।
  • सोहि  अवसरमा रक्षा मन्त्री खाँडले चिनियाँ रक्षा मन्त्रीको नेपाल भ्रमण ‘भावी दिनमा नेपाल र चीनबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउन’ सहयोगी हुने बताएको रक्षा मन्त्रालयद्धारा जारी विज्ञप्तीमा छ ।
  • विज्ञप्तीमा सो अवसरमा मन्त्री खाँडले भनेको उल्लेख छ, ‘महामहिम रक्षा मन्त्रीको भ्रमणले नेपाल र चीनबीचको विद्यमान धनिष्ट सम्बन्धलाई थप मजवुत बनाएको छ ।

चैत्र १२ , काठमाडौं

नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षा मन्त्री चिनियाँ रक्षा मन्त्री चान वानक्वानको सम्मानमा रक्षा मन्त्री बालकृष्ण खाँडले शुक्रवार रात्रीभोजको आयोजना गर्ने भएका छन् ।

सोहि  अवसरमा रक्षा मन्त्री खाँडले चिनियाँ रक्षा मन्त्रीको नेपाल भ्रमण ‘भावी दिनमा नेपाल र चीनबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउन’ सहयोगी हुने बताएको रक्षा मन्त्रालयद्धारा जारी विज्ञप्तीमा छ ।

विज्ञप्तीमा सो अवसरमा मन्त्री खाँडले भनेको उल्लेख छ, ‘महामहिम रक्षा मन्त्रीको भ्रमणले नेपाल र चीनबीचको विद्यमान धनिष्ट सम्बन्धलाई थप मजवुत बनाएको छ । पञ्चशिलको सिद्धान्तमा अडिग दुई देशको सम्बन्ध मित्रता, समझदारी, पारस्परिक सहायता तथा असल छिमेकीपनमा आधारित रहेको छ । नेपाल सदैव एक चीन नितिमा अडिग रहेको छ र हाम्रो भूमिक छिमेकी विरुद्ध प्रयोग हुन नदिनेमा दृढ छौँ । नेपालमा चिनियाँ प्रर्यटकहरु धेरै भ्रमण गराएर, उद्योग–व्यवसायमा लगानी बढाएर हाम्रो अर्थतन्त्रको उन्नयमा योगदान दिन आग्रह गर्छौँ ।’

रक्षा मन्त्री खाँडको निमन्त्रणामा चिनियाँ रक्षा मन्त्री चान वानक्वान तीन दिने नेपाल भ्रमणमा आएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिजिटल प्रविधिले बैङ्किङ क्षेत्रमा सहज : गभर्नर डा चिरञ्जीवी नेपाल
डिजिटल प्रविधिले बैङ्किङ क्षेत्रमा सहज : गभर्नर डा चिरञ्जीवी नेपाल
मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु
मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु
१५/१५ दिनमा ‘जनतासँग मुख्यमन्त्री’
१५/१५ दिनमा ‘जनतासँग मुख्यमन्त्री’
ओलीले भने- धाँधली हुँदैन भन्ने विश्वासको वातावरण बनाउनुपर्छ/
ओलीले भने- धाँधली हुँदैन भन्ने विश्वासको वातावरण बनाउनुपर्छ/
उमेर विवादमा बर्हिगमनमा परेका पूर्व प्रधानन्यायाधीश पराजुलीका काम सदर
उमेर विवादमा बर्हिगमनमा परेका पूर्व प्रधानन्यायाधीश पराजुलीका काम सदर
डेङ्गुका कारण आपतकाल घोषणा गर्नुपर्दैन : उपप्रधानमन्त्री यादव
ओलीको चतुर खेलः आईजीपी खरेलपछि खनाल !
ओलीको चतुर खेलः आईजीपी खरेलपछि खनाल !
लोकतन्त्र संस्थागत गर्न निर्वाचन अपरिहार्य भएकाले असहज परिस्थितिमा पनि मतदान
लोकतन्त्र संस्थागत गर्न निर्वाचन अपरिहार्य भएकाले असहज परिस्थितिमा पनि मतदान
विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
दुई हजार थान लागुऔषध सहित दुई पक्राउ
दुई हजार थान लागुऔषध सहित दुई पक्राउ

तपाईंले छुटाउनुभयो कि?