चीनमा कोरोनाको संक्रमण घट्दै, सोमबार ९८ जनाको मृत्यु, ७४ हजार बढी संक्रमित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
३४ पटक हेरिएको
Shares
चीनमा कोरोनाको संक्रमण घट्दै, सोमबार ९८ जनाको मृत्यु, ७४ हजार बढी संक्रमित

सारांश

  • काठमाडौँ ।
  • पछिल्ला केही दिनदेखि चीनमा कोरोना भाइरसका संक्रमितको संख्या घट्दै गएको छ ।
  • संक्रमितको संख्या घट्दै गएपनि मृत्यु हुनेको संख्या भने उस्तै छ ।

काठमाडौँ । पछिल्ला केही दिनदेखि चीनमा कोरोना भाइरसका संक्रमितको संख्या घट्दै गएको छ । संक्रमितको संख्या घट्दै गएपनि मृत्यु हुनेको संख्या भने उस्तै छ ।

चीनमा हिजो सोमबार मात्रै ९८ जनाको ज्यान गएको छ । यसमध्य हुबेई प्रान्तका मात्रै ९३ जना रहेको छन् । आइतबार चीनमा कोरोना भाइरसको संक्रमणबाट १०० जनाको ज्यान गएको थियो ।

हालसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट १८ सय ६८ जनाको ज्यान गएको छ । सोमबार मात्रै १ हजार ८ सय ८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै हालसम्म चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ७४ हजार ४ सय ३६ पुगेको छ ।

चीन बाहिर कोरोना भाइरसबाट मंगलबार बिहानसम्म जापानमा २, हङ्कङ्मा १, फ्रान्समा १ र फिलिपिन्समा १ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म २५ देशमा फैलिएको कोरोना भाइरसबाट एक हजार एक सय बढी मानिसहरु संक्रमित भएका छन् ।

चीन बाहिर सबैभन्दा बढी जापानमा कोरोनाको संक्रमण फैलिएको छ ।

सोमबार मात्रै जापानमा एक सय बढी संक्रमित फेला परेका छन् । मंगलबार बिहानसम्म जापानमा ५ सय १६ जना कोरोना संक्रमित फेला परेका छन् ।

संक्रमित मध्य १९ जनाको अवस्था चिन्ताजनक रहेको जापानस्थित सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तै चीनको हुबेई प्रान्तबाट उद्धार गरेर ल्याइएका १७५ जना नेपालीलाई १५ दिनका लागि क्वारेन्टाइनमा राखिएको छ।

दुई दिनको स्वास्थ्य परिक्षणमा उनीहरुको कोरोना भाइरसको कुनै संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव
शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव
यो वर्ष मात्रै १८ ठूला पहिरो
Exactly what is a Sugar Daddy?
कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्‍न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा
कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्‍न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा
बाढीका कारण किसानले न बाली उठाउन पाए न रोप्न, गाउँपालिका अध्यक्ष नै टहरोको बास
बाढीका कारण किसानले न बाली उठाउन पाए न रोप्न, गाउँपालिका अध्यक्ष नै टहरोको बास
नागदहमा एकै दिनमा एक लाख पर्यटक !
नागदहमा एकै दिनमा एक लाख पर्यटक !
फोहोर ल्याण्डफिल साइटमा पठाउन नसकेपछि महानगरले टेकुमा थाल्यो अस्थायी व्यवस्थापन
फोहोर ल्याण्डफिल साइटमा पठाउन नसकेपछि महानगरले टेकुमा थाल्यो अस्थायी व्यवस्थापन
नयाँ सरकार गठनको बाटो खुल्यो
नयाँ सरकार गठनको बाटो खुल्यो
आफ्ना नेतामाथि आक्रमण गरेको भन्दै अब चूप लागेर नबस्ने एमाले अध्यक्षको चेतावनी
आफ्ना नेतामाथि आक्रमण गरेको भन्दै अब चूप लागेर नबस्ने एमाले अध्यक्षको चेतावनी
नेपाल बहुसांस्कृतिक हुनु नेपालीका लागि गौरव : प्रधानमन्त्री प्रचण्ड
नेपाल बहुसांस्कृतिक हुनु नेपालीका लागि गौरव : प्रधानमन्त्री प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?