चुनावको मुखमै माओवादी छाेडेर कांग्रेस प्रवेश गरेका श्रेष्ठलाई दुवै हातमा लड्डु !
सारांश
- चुनावको मुखमा काँगे्रस प्रवेश गरेका बिनाविभागीय मन्त्री शम्भुलाल श्रेष्ठलाई पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
- श्रेष्ठ माओवादी केन्द्रबाट उर्जा राज्यमन्त्री भएका थिए ।
- मन्त्री श्रेष्ठलाई काँगे्रसले मंसिर २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही क्षेत्र नम्वर १ बाट टिकटसमेत दिएको छ ।
चुनावको मुखमा काँगे्रस प्रवेश गरेका बिनाविभागीय मन्त्री शम्भुलाल श्रेष्ठलाई पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । श्रेष्ठ माओवादी केन्द्रबाट उर्जा राज्यमन्त्री भएका थिए ।
मन्त्री श्रेष्ठलाई काँगे्रसले मंसिर २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही क्षेत्र नम्वर १ बाट टिकटसमेत दिएको छ । माओवादी केन्द्रबाट टिकट नपाउने अवस्था आएपछि श्रेष्ठले केही दिन अघि पार्टी परित्याग गरी काँगे्रसमा प्रवेश गरेका थिए । माओवादीले एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री एवं काँगे्रस सभापति शेरबहादुर देउवाले उक्त पार्टीका सबैमन्त्री र राज्यमन्त्रीहरुलाई बिनाविभागीय बनाएका थिए ।
नेता श्रेष्ठ काँगे्रसमा प्रवेश गरेलगत्तै प्रधानमन्त्री देउवा आफैले सम्हालेको पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मंगलबार मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका मन्त्री श्रेष्ठका पे्रस सल्लाहकार कृष्ण प्रसाद थपलियाले जानकारी दिए । उनका अनुसार, पदभार सम्हाल्दै मन्त्री श्रेष्ठले मासुजन्य वस्तुको निर्यात र पशुपालक किसानलाई विमाप्रति आकर्षण गर्ने खालका कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनु जनाए ।
Ramesh Wagle
यस्तै लाैके नेताले देश बिगार्छन्।
Arun Karki
चुनाबै पिच्छे टिकट नपाउने बित्तिक्कै पार्टी फेरि हाल्ने पशु लाई पशु मन्त्रालय क्या मिलेको।
Jiban Budhathoki
Good