चुम्बन, अङ्कमाल वा हात मिलाउनुको सट्टा ‘नमस्कार’

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ३, २०७६
|
|
४४ पटक हेरिएको
Shares
चुम्बन, अङ्कमाल वा हात मिलाउनुको सट्टा ‘नमस्कार’

सारांश

  • काठमाडाैं।
  • के तपाईं आफन्तसँगको भेटघाटमा चुम्बन, अङ्कमाल वा हात मिलाउँदै हुनुहुन्छ?
  • त्यसो हो भने झुक्किएर पनि त्यसप्रकारको क्रियाकलाप गर्नबाट टाढै रहनुहोस्।

काठमाडाैं। के तपाईं आफन्तसँगको भेटघाटमा चुम्बन, अङ्कमाल वा हात मिलाउँदै हुनुहुन्छ? त्यसो हो भने झुक्किएर पनि त्यसप्रकारको क्रियाकलाप गर्नबाट टाढै रहनुहोस्। तपाईं वा तपाईंका आफन्तजनलाई पनि कोभिड–१९ अर्थात् नयाँ कोरोना भाइरसको सङ्क्रमण हुनसक्छ।

चीनबाट शुरु भएको उक्त भाइरस नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् तर सङ्क्रमण र त्यसबाट हुने मृत्युलाई रोक्न सकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रविन्दु बन्दै गएको छ। हिजो आइतबार जोन्स हप्किन्स विश्वविद्यालय (वाल्टिमोर, अमेरिका) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म १५० देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिसकेको छ भने एक लाख ५६ हजार ४४५ व्यक्तिमा सङ्क्रमण देखिएको छ। हालसम्म पाँच हजार ८३३ व्यक्तिले ज्यान गुमाइसकेको भए पनि नेपालमा एक व्यक्तिमा बाहेक सङ्क्रमण नदेखिएको र सङ्क्रमणमा रहेका उक्त व्यक्ति निको भई घर फर्किसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले जनाएको छ।
 
कोरोना भाइरसले आफन्त, गरिब, धनी, सानो/ठूलो जात, अग्लो, होचो, स्त्री, पुरुष, हिमाल, पहाड, तराई, गाउँ, शहर, धामीझाँक्री, चिकत्सक, किसान, उद्योगी, व्यापारी, शिक्षक, विद्यार्थी केही भन्दैन। यो रोगको सङ्क्रमणबाट जोगिन आफन्तसँग शुरुमा भेटघाट वा बिदाइमा गरिने चुम्बन, अङ्कमाल र हात मिलाउनुको सट्टा दुवै हात जोडेर नमस्कार गर्नु नै उत्तम हुनेछ। यसबाट अभिवादन गर्ने व्यक्ति र स्वीकार गर्ने दुवैको हित हुनेछ।
   
कुनै व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण रहेछ भने चुम्बन गर्दा श्वासप्रश्वासबाट र अङ्कमाल वा हात मिलाउँदा छालाको स्पर्शबाट कोरोना भाइरस सर्न सक्छ। त्यसैले चिकित्सकले चुम्बन, अङ्कमाल र हात नमिलाउन सन्देश प्रवाह गरेका छन्। कोरोना भाइरसबाट जोगिन साबुन र तातोपानीले कम्तीमा २० सेकेन्डसम्म राम्रोसँग हात धुन अर्थात् स्यानेटाइजर जेल प्रयोग गर्न, हाच्छियुँ गर्दा रुमालको प्रयोग गर्न, हात नधोई वा स्यानेटाइजर जेलको प्रयोग नगरी आँखा, नाक र मुख नछुन, सङ्क्रमित मानिसको नजिक नजान, सभा, समारोह, भोजभतेर अर्थात् मानिसको जमघट हुने क्षेत्रबाट टाढै बस्न चिकित्सकहरुले सुझाव दिएका छन्।  

सरकारी तथा गैरसरकारी संस्था तथा स्वास्थ्य विज्ञले मात्र होइन, अमेरिका, भारत र बेलायतका सरकार प्रमुख डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी र बोरिस जोनसनले समेत चुम्बन, अङ्कमाल र हात मिलाउनुका सट्टा दुई हात जोडेर नमस्कार गर्न शुरु गरिसकेका छन्। नमस्कार एक व्यक्तिले नजिकको आफन्त, साथीभाइ अगाडि उभिएर दुवै हातका आँैला आकाशतर्फ फर्काएर गरिने अभिवादनलाई भनिन्छ। नमस्कार अथवा नमस्ते गर्नु भनेको अभिवादन गर्ने प्रचलित चलन हो। कुनै व्यक्तिसँग शुरुमा मिल्ने वा उनीसँग बिदाइ हुने समयमा नमस्कार भनेर अभिवादन गर्ने गरिन्छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ को सङ्ज्ञा दिएको कोरोना भाइरसको लक्षण शुरुमा ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न कठिन हुने वा मांसपेशी दुख्ने देखिन्छ। यस्तो अवस्थामा सुरक्षित साथ नजिकको अस्पताल जाने अथवा अस्पताल जान नसकेको अवस्थामा अस्पतालमा जानकारी गराउने भन्ने जानकारी सार्वजनिक गरेको छ।  

नमस्कार संस्कृत शब्द हो। संस्कृतको नमः शब्दबाट  लिइएको नमस्कारको अर्थ प्रणाम गर्नु भन्ने हुन्छ। प्रत्येक व्यक्तिभित्र ईश्वरीय तत्व हुन्छ। त्यसलाई आत्मा भनिन्छ। नमस्कार गर्दा एक व्यक्तिको आत्माले अर्को व्यक्तिको आत्मालाई अभिनन्दन वा सम्मान गरेको अर्थमा नमस्कार गरेको भन्ने अर्थ लाग्छ। दुवै हात जोडेर नमस्कार गर्नाले मनमा स्वच्छ भावनाको विकास हुनगई सकारात्मक सोचको विकास हुन्छ।   

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९० मुलुकमा कोरोनाको सक्रमण
९० मुलुकमा कोरोनाको सक्रमण
हरेक दिनको कार्यप्रगति अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले सफ्टवेयर बनाउदै
हरेक दिनको कार्यप्रगति अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले सफ्टवेयर बनाउदै
हामीलाई मन्त्रीको काम चित्त बुझेन भने तुरुन्त फेर्छौं:  विष्णु रिमाल
हामीलाई मन्त्रीको काम चित्त बुझेन भने तुरुन्त फेर्छौं: विष्णु रिमाल
घोराही सिमेन्टको आइपिओमा फर्जी आवेदन पछि निष्कासन प्रक्रिया स्थगित
घोराही सिमेन्टको आइपिओमा फर्जी आवेदन पछि निष्कासन प्रक्रिया स्थगित
आलेख: निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती
आलेख: निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती
पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी माइक्राे बसबाट खसे, केएमसी अस्पतालमा उपचार हुँदै
पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी माइक्राे बसबाट खसे, केएमसी अस्पतालमा उपचार हुँदै
बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो
बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो
घुँडा टेकेर टिका लगाएकाे रहस्य खाेले प्रधानमन्त्रीका  सल्लाहकार मैनालीले !
घुँडा टेकेर टिका लगाएकाे रहस्य खाेले प्रधानमन्त्रीका सल्लाहकार मैनालीले !
कोरोनाको कहरः एक लाख १४ हजार संक्रमित, ४ हजार बढीको मृत्यु
कोरोनाको कहरः एक लाख १४ हजार संक्रमित, ४ हजार बढीको मृत्यु
सरकारका कामबारे डटेर कुरा राख्नुहाेस: प्रधानमन्त्री अाेली
सरकारका कामबारे डटेर कुरा राख्नुहाेस: प्रधानमन्त्री अाेली