चोरले पसल फोडे, पैसा र महंगा समान छोडे अनि प्याज चोरे
सारांश
- चोरले अक्सर महंगो र मुल्यवान कुरा नै चोर्छन् ।
- अझ पैसा भेटे भने त बाँकी सबै छोडेर पैसा बोकेर कुलेलम ठोक्छन् ।
- तर चोर पनि थरिथरिका हुँदा रहेछन्, पैसा छोडेर अरु नै वस्तुलाई महत्व दिने ।
चोरले अक्सर महंगो र मुल्यवान कुरा नै चोर्छन् । अझ पैसा भेटे भने त बाँकी सबै छोडेर पैसा बोकेर कुलेलम ठोक्छन् । तर चोर पनि थरिथरिका हुँदा रहेछन्, पैसा छोडेर अरु नै वस्तुलाई महत्व दिने । अहिले नेपाल लगायत दक्षिणी एसियाली देशहरुमा प्याजको मुल्यले आकाश छोला जस्तो भइसकेको छ । प्याजको मुल्य यति बढेको छ कि अनेक थरिका ट्रोलहरु अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भइरहेका छन् ।
प्याजको महंगीको किस्सा सुनाइरहँदा भारतमा प्याजसम्बन्ध अचम्मको चोरी भएको छ । चोरले पसल फोडे तर महंगा र मुल्यवान अन्य वस्त र पैसा हुँदाहुँदै पनि उनीहरुले सबै छोडेर प्याज र लसुन मात्रै चोरेका छन् ।
घटना भारतीय राज्य पश्चिम बंगालको पूर्वमिदनापुरको हो । जहाँ एउटा चोरले तरकारी पसल तोडेर प्याज र लसुन चोरेर लगेका छन् । पसलका सञ्चालक अजय दासले सोमबार राति आफ्नो पसलबाट करिब ५० हजार रुपैयाँ बराबरको प्याज र लसुन चोरी भएको भन्दै स्थानीय प्रहरीमा उजुरी दिएका छन् ।
चोरले पसल नै तोडफोड गरे पनि नगद र अन्य मूल्यबान सामग्री भने चोरी नगरेको दासले बताएका छन् । भारतमा प्याजको मूल्य बढ्दै गएपछि सरकारले प्याजमा कोटा निर्धारण गरेको छ । जसका कारण अहिले पसलबाट प्याज चोरी हुने घटना बढिरहेका छन् ।
प्रतिक्रिया