राष्ट्रपति र स्वराजबीच भेटवार्ता, के–के भए कुराकानी ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
३० पटक हेरिएको
Shares
राष्ट्रपति र स्वराजबीच भेटवार्ता, के–के भए कुराकानी ?

सारांश

  • काठमाडौँ, १९ माघ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ ।
  • राष्ट्रपति भण्डारी र स्वराजबीच शुक्रबार राष्ट्रपति निवास शीतल निवासमा भेटवार्ता भएको हो ।

काठमाडौँ, १९ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी र स्वराजबीच शुक्रबार राष्ट्रपति निवास शीतल निवासमा भेटवार्ता भएको हो ।

राष्ट्रपतिलाई भेट्न स्वराज शुक्रबार दिउँसो सोल्टी होटलबाट शीतल निवास पुगेकी थिइन् । भेटमा दुई देशवीचको सम्बन्धलाई सुमधुर राख्न कुराकानी भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए ।

यसअघि विदेशमन्त्री स्वराजले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, राजपाका नेताहरु र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरिसकेकी छिन् । स्वाराज शुक्रबार नै भारत फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?