चोरी र लागूऔषध अाेसारपसारकाे कार्यलाई निर्मुल पार्न प्रहरीकाे सक्रियता
सारांश
- अस्बिन खड्का, गाईघाट, १२ साउन ।
- उदयपुर जिल्ला मा हालै मात्र बढेको चोरी को घटनालाई निर्मुल पार्न प्रहरी ले सक्रियता बढाएको छ ।
- लागूऔषधको समस्या लाई निर्मुल पार्दै गईरहेको प्रहरीले ले हाल आयर गाइघाट बजारका मुख्य चोकका पसलहरुमा चोरीको घटना बढेको कारण चोरी गर्ने गिरोह पत्ता लगाउन र चोरी हुन नदिनको लागी रातको समयमा प्रहरी को उपस्थित बढाएको छ ।
अस्बिन खड्का, गाईघाट, १२ साउन । उदयपुर जिल्ला मा हालै मात्र बढेको चोरी को घटनालाई निर्मुल पार्न प्रहरी ले सक्रियता बढाएको छ ।
लागूऔषधको समस्या लाई निर्मुल पार्दै गईरहेको प्रहरीले ले हाल आयर गाइघाट बजारका मुख्य चोकका पसलहरुमा चोरीको घटना बढेको कारण चोरी गर्ने गिरोह पत्ता लगाउन र चोरी हुन नदिनको लागी रातको समयमा प्रहरी को उपस्थित बढाएको छ । रातको समयमा केही दिन अगाडी मात्र मोबाइल पसल हरुमा चोरी को घटना भयपछी जिल्ला प्रहरी कार्यालय बाट रात्रि गस्तीको लागी सादा पोसाकमा र मोटरसाइकल बाट नियमित गस्ती टोलि थप गरी चोरी र लागूऔषध को घटना हुन नदिन को लागी रातको समयमा निगरानी बढाईएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी प्रमुख नबराज भट्ट ले बताए ।
रातको समयमा सुरक्षा मा कडाई गरी जिल्ला भित्र आउने जाने सवारीसाधन ,मोटरसाइकलहरुको चेकजाच मा कडाई गरेको र अपरिचित र शंकास्पद मानिस हरु लाई निगरानीमा राखेर सोधपुछ गर्ने कामलाई प्राथमिकता मा राखेर सुरक्षा दिएको भट्टले बताए । चोरी को घटनाको सम्बन्ध मा शिखरन्युज सम्बाददाता ले प्रश्न गर्दा, उनले यसमा प्रहरी को मात्र नभई नागरिक र गाइघाट बासीहरु ले पनि कोइ संकास्पद ब्यक्ती देखेमा सिधै आफूलाई ९८५२८१५५५५ वा १०० मा तल्कालै प्रहरी लाई खबर गर्ने तथा सुचना दिन समेत जिल्ला बासीहरुलाई अनुरोध गरे ।
प्रतिक्रिया