यसकारण दिएनन् गृहमन्त्रि थापाले सांसदहरुले सोधेको प्रश्नको जवाफ

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २, २०७५
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, २ मंसिर ।
  •   गृहमन्त्री रामबहादुर थापाले संघीय संसदको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिन अस्वीकार गरेका छन्।
  • कञ्चनपुरकी किशोरी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणका सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफ ‘समय आएपछि दिने’ उल्लेख गर्दै थापा तर्किएका हुन्।

काठमाडौँ, २ मंसिर ।  गृहमन्त्री रामबहादुर थापाले संघीय संसदको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिन अस्वीकार गरेका छन्। कञ्चनपुरकी किशोरी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणका सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफ ‘समय आएपछि दिने’ उल्लेख गर्दै थापा तर्किएका हुन्।

विपक्षी दल नेपाली कांग्रेसका सांसद एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल र नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले गृहमन्त्री थापालाई निर्मलाको बलात्कार र हत्या प्रकरणको छानवीन कहाँ पुग्यो भनी प्रश्न गरेका थिए। ‘हो, आजको विषय छलफलको विषय होइन, समय आएपछि निर्मला पन्तको हत्याको विषयमा आवश्यक जवाफ दिइने छ,’ थापाले प्रष्ट पारे।

समिति सभापति शशी श्रेष्ठका अनुसार आइतबारको बैठकमा नागरिकता ऐन संशोधन विधेयकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो। गृहमन्त्री थापा उपस्थित उक्त बैठकमा विषय प्रवेशसँगै सांसदहरुले निर्मला पन्तको बलात्कार र हत्या भएको ४ महिना पुग्न लाग्दा पनि अभियुक्त पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?