छाउपडी कायमै

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ११, २०७६
|
|
१९ पटक हेरिएको
Shares
छाउपडी कायमै

सारांश

  • बाजुराको डोगडीमा छाउपडी प्रथा अझै कायमै रहेको पाइएको छ ।
  • रजस्वला भएका महिलालाई अलग्गै छाउगोठमा राख्ने चलनले यहाँ निरन्तता पाएको भेटिन्छ ।
  • महीनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन् पाप लाग्छ भन्नेजस्ता परम्परागत रुढीवादी र अन्धविश्वासबाट महिला पीडित हुने गरेका छन् ।

बाजुराको डोगडीमा छाउपडी प्रथा अझै कायमै रहेको पाइएको छ । रजस्वला भएका महिलालाई अलग्गै छाउगोठमा राख्ने चलनले यहाँ निरन्तता पाएको भेटिन्छ ।

महीनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन् पाप लाग्छ भन्नेजस्ता परम्परागत रुढीवादी र अन्धविश्वासबाट महिला पीडित हुने गरेका छन् । साविकको डोगडी गाविस हाल खप्तड छेडेदह गाउँपालिका–५ का महिला महीनावारी वा सुत्केरी भएको समयमा घरमा प्रवेश गर्न नहुने अन्धविश्वासका कारण घरभन्दा टाढा रहेको गोठमा बस्ने गर्छन् । छाउपडी भएका बेला घरभित्र पस्न नदिने, घरभित्रको काम गर्न नदिने, दूध दही महीजस्ता पोषणयुक्त खानेकुरा खान नदिने गरेको स्थानीय महिला भुजी सुनारले बताउनुभयो ।

स्थानीय सरकारले समेत वास्ता नगरेको स्थानीय महिलाको आरोप रहेको छ । परम्परागत सामाजिक मूल्य र मान्यता, जनचेतनाको कमी, लैङ्गिक विभेद, अशिक्षा, उपयुक्त नीति नियमको अभावका कारण यो प्रथाले निरन्तरता पाउँदै आएको स्थानीय सीता सुनारले बताउनुभयो ।

ओछ्याउने कपडाको अभावमा जाग्राम बसेर रात काट्नुपर्ने बाध्यता रहेको स्थानीय लक्ष्मी रावतले बताउनुभयो । कानूनमा कसैले छाउपडी प्रथालाई मान्यता दिएमा तीन महिनासम्म कैद, रु तीन हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ ।

गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले आफूहरुले गाउँपालिकाबाट विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेकाले छाउगोठ नभएको दाबी गर्नुभयो । यदि यो प्रथालाई प्रश्रय दिएको पाइएमा गाउँपालिकाको न्यायिक समितिमा उजुरी गर्न उहाँले आग्रह गर्नुभयो । अध्यक्ष रावतले जो पीडित महिला छन् उनीहरुले गाउँपालिकामा उजुरी दिन अनुरोध गदैँ गाउँपालिकाले त्यस्ता गतिविधि अन्त्य गर्ने विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । हाल बाजुराका नौ वटा स्थानीय तहमा रहेको तीनसय छाउगोठमध्ये २०० बढी भत्काइसकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग
नक्कली भूटानी प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग
प्रचण्डले भने, ‘२/४ वर्ष क्रान्तिकारी त बन्न सकिएला तर जीवनभर कम्युनिष्ट बन्न सारै गाह्रो’
प्रचण्डले भने, ‘२/४ वर्ष क्रान्तिकारी त बन्न सकिएला तर जीवनभर कम्युनिष्ट बन्न सारै गाह्रो’
नीति आयोगको उपाध्यक्षमा डा.खिमलाल देवकोटा नियुक्त
नीति आयोगको उपाध्यक्षमा डा.खिमलाल देवकोटा नियुक्त
घाँस काट्न गएका दुई महिलाको हात्तीले लियो ज्यान
घाँस काट्न गएका दुई महिलाको हात्तीले लियो ज्यान
निर्वाचनपिच्छे गाडी खरिद गर्दै आएको आयोगले यसपटक निर्वाचन आयुक्तलाई १५ करोडका गाडी…
निर्वाचनपिच्छे गाडी खरिद गर्दै आएको आयोगले यसपटक निर्वाचन आयुक्तलाई १५ करोडका गाडी…
असोज १० गते शनिवारको राशिफल यस्तो छ
असोज १० गते शनिवारको राशिफल यस्तो छ
साप्ताहिक सेयर बजार विश्लेषणः होटेल समूहलाई फाइदा, माइक्रो फाइनान्स समूहलाई घाटा
साप्ताहिक सेयर बजार विश्लेषणः होटेल समूहलाई फाइदा, माइक्रो फाइनान्स समूहलाई घाटा
हिन्दुराष्ट्र र राजतन्त्रपछिको १२ वर्षमा के पायौँ ? अब समीक्षा गर्नुपर्छ : कमल थापा
हिन्दुराष्ट्र र राजतन्त्रपछिको १२ वर्षमा के पायौँ ? अब समीक्षा गर्नुपर्छ : कमल थापा
बाढी, पहिरोमा परी ज्यान गुमाउनेको संख्या ६७ पुग्यो, १४४५ जनाको सकुशल उद्दार
बाढी, पहिरोमा परी ज्यान गुमाउनेको संख्या ६७ पुग्यो, १४४५ जनाको सकुशल उद्दार
लामिछानेको प्रश्न-तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हत्कडी?
लामिछानेको प्रश्न-तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हत्कडी?

तपाईंले छुटाउनुभयो कि?