छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १, २०७६
|
|
३७ पटक हेरिएको
Shares
छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

सारांश

  • धादिङ, १ फागुन स् धादिङको गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपलिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
  • बेनीघाट रोराङ गाउँपालिका–२ अर्चलेस्थित मलेखु ताल्ती सडकखण्डमा मलेखुबाट ताल्तीतर्फ जाँदै गरेको ना२ख ५०५७ नंको बसले सात वर्षीय प्रज्वल गुरुङलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।
  • बालकको शव परीक्षणका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ ।

धादिङ, १ फागुन स् धादिङको गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपलिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ अर्चलेस्थित मलेखु ताल्ती सडकखण्डमा मलेखुबाट ताल्तीतर्फ जाँदै गरेको ना२ख ५०५७ नंको बसले सात वर्षीय प्रज्वल गुरुङलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । बालकको शव परीक्षणका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ । ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार बस चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

यसैगरी गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नंको बस र विपरीत दिशातर्फ जाँदै गरेको बा९८प ७०५८ नंको स्कुटर एकापसमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा स्कुटरमा सवार चितवन जिल्ला भरतपुर महानगरपालिका–१३ गीतानगर निवासी २२ वर्षीया शर्मिला सिलवाल र २० वर्षीया महिमा सिलवाल रहेका छन् ।

दर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरी पठाइएकामा घाइते महिमा सिलवालको उपचारको क्रममा मृत्यु भयो भने घाइते शर्मिला सिलवालको काठमाडौँस्थित ट्रमा सेन्टर उपचारका क्रममा मृत्यु भएको थियो । चितवन जिल्लामा बहिनीको ‘इन्गेजमेन्ट’मा जान लागेको बेला दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएकी महिमा कलाकार हुन् ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा निर्वाचन उम्मेद्वारलाई लिएर राजपाभित्र तीव्र विवाद
राष्ट्रियसभा निर्वाचन उम्मेद्वारलाई लिएर राजपाभित्र तीव्र विवाद
झन्डावाल गाडी चढ्नबाट प्रदेश प्रमुख वञ्चित, के छन् त सेवा सुविधा ?
झन्डावाल गाडी चढ्नबाट प्रदेश प्रमुख वञ्चित, के छन् त सेवा सुविधा ?
सञ्चार माध्यमले अभिभावकीय भूमिका र दायित्व निर्वाह गर्नुपर्छ -सञ्चारमन्त्री बस्नेत
सञ्चार माध्यमले अभिभावकीय भूमिका र दायित्व निर्वाह गर्नुपर्छ -सञ्चारमन्त्री बस्नेत
जिल्लाजिल्लामा सहमति, सिट बाँडफाँटमा सकस
जिल्लाजिल्लामा सहमति, सिट बाँडफाँटमा सकस
एमालेका स्थानीय नेता कोहारको सडक दुर्घटनामा मृत्यु
एमालेका स्थानीय नेता कोहारको सडक दुर्घटनामा मृत्यु
न्यूरोडको फुटपाथ विवाद टुंगियो, अध्ययन समिति बनाउने सहमति
न्यूरोडको फुटपाथ विवाद टुंगियो, अध्ययन समिति बनाउने सहमति
यसरी हुँदैछ तीनै तहमा कर्मचारीहरको समायोजन
यसरी हुँदैछ तीनै तहमा कर्मचारीहरको समायोजन
नख्खुमा विस्फोट हामीले नै गराएका हौँ : हेमन्तप्रकाश ओली
नख्खुमा विस्फोट हामीले नै गराएका हौँ : हेमन्तप्रकाश ओली
४५ जिल्लामा मतदान सुरु !
४५ जिल्लामा मतदान सुरु !
नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका स्वागतद्वार ढल्याे ! रेडियो  बन्द
नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका स्वागतद्वार ढल्याे ! रेडियो बन्द

तपाईंले छुटाउनुभयो कि?