जग्गा बिबादले लियो गिरी दाजुभाईको ज्यान
सारांश
- बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–८मा रहेको कालापानीमा आफनै परिवारका दाई भाइले खुकुरी र खुँडा प्रहारबाट दुई दाजु भार्इको मृत्यु भएको छ ।
- मृत्यु हुनेमा सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीय नौले र ३२ वर्षीय अर्जुन गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
- प्रहरीका अनुसार, नौलेको घटनास्थलमै र अर्जुनको उपचारका क्रममा अछामको बयालपाटामा मृृत्यु भएको हो ।
बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–८मा रहेको कालापानीमा आफनै परिवारका दाई भाइले खुकुरी र खुँडा प्रहारबाट दुई दाजु भार्इको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीय नौले र ३२ वर्षीय अर्जुन गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीका अनुसार, नौलेको घटनास्थलमै र अर्जुनको उपचारका क्रममा अछामको बयालपाटामा मृृत्यु भएको हो । घटनामा नरेश गिरी खुकुरी प्रहारबाट घाइते भएको निमित्त प्रहरी नायब उपरीक्षक जगदीश भट्टले जानकारी दिए ।
उपरीक्षक भट्टका अनुसार, दाइ मोहन र भार्इ गोरखबीच जग्गाका विषयमा भनाभन हुँदा घटनाले यस्तो रुप लिएको थियो । भार्इ गोरखका तीन छोराले खुकुरी, खुँडा र फलामको पाइपले हानेर एकको घटनास्थलमा नै एकको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
घाइतेको बूढीगंगा नगरपालिकास्थित बडीमालिका पोलिक्लिनिकमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने गोरख तथा उनका २० वर्षीय छोरा योगेन्द्र र १६ वर्षीय दिनेश, गणेश र गँगा सुस्मिता गिरीलार्इ प्रहरीले नियन्त्रणमा लिइएको छ ।
खुकुरी प्रहारबाट मृत्यु भएका दुइ जनालाई पोष्टमाटमका लागि जिल्ला सदरमुकाम मार्तडी लगिएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । घटनामा सँगलग्न ६ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया