जनार्दन शर्माले अस्वीकार गरे उपमहासचिव पद

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २२, २०७९
|
|
२५ पटक हेरिएको
Shares
जनार्दन शर्माले अस्वीकार गरे उपमहासचिव पद

सारांश

  • काठमाडौं।
  • अर्थमन्त्री जनार्दन शर्माले नेकपा (माओवादी केन्द्र) को उपमहासचिव पद अश्वीकार गरेका छन्।
  • अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका थिए।

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नेकपा (माओवादी केन्द्र) को उपमहासचिव पद अश्वीकार गरेका छन्।

अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका थिए।

पार्टीमा ६ जना उपमहासचिव रहेको भन्दै शर्माले कार्यक्रममा भनेका छन्, ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु ।’ उनले आफू नेतृत्वको कडा आलोचक र कडा समर्थक भएको पनि टिप्पणी गरेका थिए।

महासचिवका दाबेदारहरु शर्मा र पुन उपमहासचिवमा समेटिएका थिए। पार्टीको बैठकमै शर्मार्ल उक्त निर्णय प्रक्रियामा नोट अफ डिसेन्ट लेखेका थिए। उनले नीति र नेतृत्वको रक्षाका लागि आफू सधैँ लागिपरेको भन्दै अहिले पनि नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?