दुखी हुँदै ट्रम्पले लेखे किम जोङ उनलाई यस्तो पत्र

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ११, २०७५
|
|
३३ पटक हेरिएको
Shares
दुखी हुँदै ट्रम्पले लेखे किम जोङ उनलाई यस्तो पत्र

सारांश

  • काठमाडौं,  ११ जेठ।
  • उत्तर कोरिया र अमेरिकाबीच आगामी जुन १२ तारिखका दिन सिंगापुरमा हुने भनिएको उच्चस्तरीय वार्ता अमेरिकाले एकतर्फी रुपमा भंग गरेपछि संसारभर चर्चा र बहस चलिरहेको छ ।
  • राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरकोरियाले आफूमाथि बक्तव्यमार्फत दुव्यवहार गरेको सन्दर्भ उठाएर पत्र लेख्दै सिंगापुरमा हुने भनिएको वार्ता स्थगन भएको उल्लेख गरेका छन् ।

काठमाडौं,  ११ जेठ। उत्तर कोरिया र अमेरिकाबीच आगामी जुन १२ तारिखका दिन सिंगापुरमा हुने भनिएको उच्चस्तरीय वार्ता अमेरिकाले एकतर्फी रुपमा भंग गरेपछि संसारभर चर्चा र बहस चलिरहेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरकोरियाले आफूमाथि बक्तव्यमार्फत दुव्यवहार गरेको सन्दर्भ उठाएर पत्र लेख्दै सिंगापुरमा हुने भनिएको वार्ता स्थगन भएको उल्लेख गरेका छन् । साथै राष्ट्रपति ट्रम्पले पत्र मार्फत उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको बक्तव्यले आफ्नो हृदयमा आघात पुगेको आशय समेत व्यक्त गरेका छन् ।

राष्ट्रपति ट्रम्पले लेखेको पत्रमा आगामी जुन १२ मा सिंगापुरमा हुने तय गरिएको मिटिङ उत्तर कोरियाद्वारा आग्रह गरिएको खुलासा गरेका छन् । त्यस्तै पत्रमा ट्रम्पले उक्त वार्ता अमेरिकाको लागि सबै प्रकारले असम्बन्धित रहेको समेत दावी गरेका छन् ।

ट्रम्पले पत्रमा भनेका छन्, ‘तपाईले पछिल्लो पटक जारी गरेको बक्तव्यमा अथाह आक्रोस र खुला दुव्यर्वहार दुखद छन् । त्यसैले हामीले लामो समयदेखि तयारी गरिएको यो भेटवार्ता उपयुक्त मलाई लागेको छैन ।’
साथै ट्रम्पले निकै कुटनीतिक भाषामा पठाएको पत्रको अन्त्यमा भनेका छन्, ‘यदि यो महत्पूर्ण सम्म्मेलनको सन्दर्भमा तपाईको दिमाग परिवर्तन भयो भने कृपया मलाई टेलिफोन वा पत्र लेख्न कुनै संकोच नमान्नु होला ।’

अमेरिकी राष्ट्रपति ट्रम्पको आशय यसअघि कोरियाली प्रायदिपमा दक्षिण कोरिया र अमेरिकाले गरेको संयुक्त सैन्य अभ्यासको विरुद्धमा उत्तर कोरियाले निकालेको बक्तव्यको खण्डन गर्नुपर्ने वा क्षमायाचना गर्नुपर्ने आकांक्षा राखेको देखिन्छ । उत्तर कोरियाले भने अमेरिकी पत्रको उत्तर पठाएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोनमा अश्लिल शब्द बोल्नेलाई सार्वजनिक मुद्धा
फोनमा अश्लिल शब्द बोल्नेलाई सार्वजनिक मुद्धा
सांसदहरुको प्रश्न :युरोपियन मुलुकमा हटाउन थालिएको पारमाणविक भट्टी नेपालमा किन चाहियो ?
सांसदहरुको प्रश्न :युरोपियन मुलुकमा हटाउन थालिएको पारमाणविक भट्टी नेपालमा किन चाहियो ?
एमाले नेता महेश बस्नेत लखेटिएको दाबी गर्ने तस्बिर ‘फेक’: एआई प्रयोग गरेर भ्रम फैलाइएको खुलासा
एमाले नेता महेश बस्नेत लखेटिएको दाबी गर्ने तस्बिर ‘फेक’: एआई प्रयोग गरेर भ्रम फैलाइएको खुलासा
शेखर र लालबाबुको क्षेत्रको मतगणना शुरु
शेखर र लालबाबुको क्षेत्रको मतगणना शुरु
बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय
बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय
सांसद रौनियार सहित १२ जना विरूद्ध मुद्दा दायर, सांसद निलम्बित
सांसद रौनियार सहित १२ जना विरूद्ध मुद्दा दायर, सांसद निलम्बित
Akshay Kumar and Mouni Roy starrer ‘Gold’ trailer is out!
Akshay Kumar and Mouni Roy starrer ‘Gold’ trailer is out!
सुनको मूल्य ६०० रुपैयाँले घट्यो
सुनको मूल्य ६०० रुपैयाँले घट्यो
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
Everything you need to know about the Miss World 2017
Everything you need to know about the Miss World 2017

तपाईंले छुटाउनुभयो कि?