जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १८, २०७३
|
|
५३८ पटक हेरिएको
Shares
जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन

सारांश

  • जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन भत्ता दिने तयारी गरिरहेको छ ।
  • लगभग चार दशक एक सन्तान नीति अपनाएको चीनले सो समय एकभन्दा बढी सन्तान जन्माउने जोडीमाथि कारवाहीको साथै गर्भपतन समेत गराउन लगाउने गरेको थियो ।
  • तर अहिले उक्त नीति उल्टाउँदै नयाँ योजना अघि सारेको हो ।

जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन भत्ता दिने तयारी गरिरहेको छ ।

लगभग चार दशक एक सन्तान नीति अपनाएको चीनले सो समय एकभन्दा बढी सन्तान जन्माउने जोडीमाथि कारवाहीको साथै गर्भपतन समेत गराउन लगाउने गरेको थियो । तर अहिले उक्त नीति उल्टाउँदै नयाँ योजना अघि सारेको हो ।

राष्ट्रिय स्वास्थ्य र परिवार नियोजन आयोग (एनएचएफपीसी) का उपाध्यक्ष वाङ पेइनले आयोगले दोस्रो सन्तान जन्माउने परिवारलाई ‘पुरस्कार र आर्थिक सहायता’ दिने बताएको पिपल्स डेलीले रिपोर्ट प्रकाशित गरेको छ ।

सरकारसँग नजिक रहेर काम गर्ने चीन समाज कल्याण परिषद् नामक गैरसरकारी संस्थाको बैठकमा उनले सो कुरा बताएका हुन् । उक्त संस्थाका प्रवक्ताले भने वाङको उक्त भनाईबारे कुनै टिप्पणी गर्न चाहेनन् ।

एनएचएफपीसीले सन् २०१५ मा गरेको अध्ययनले आर्थिक अवस्थाका कारण ६० प्रतिशत जोडी दोस्रो सन्तान जन्माउन नचाहने देखाएको थियो ।

चीनले सन् २०१५ को अक्टुबर महिनामा एक सन्तान नीतिलाई उल्टाउँदै देशभर दुई सन्तान जन्माउन अनुमति लिएको थियो । त्यसयता, जन्मदरमा बृद्धि भए पनि लक्ष्य अनुसार त्यो बढिरहेको छैन । जसको कारण काम गर्न सक्ने जनसंख्याभन्दा बृद्धहरुको जनसंख्या देशमा धेरै रहेको छ । त्यही भएर सरकारले जन्मदर बढाउन आर्थिक सहायताको योजना अघि सार्न थालेको बताइएको छ ।

सन् १९५० र ६० दशकमा व्यापक जनसंख्या बृद्धि भएपछि चभीन सरकारले सन् १९७९ मा एक सन्तान नीति अवलम्बन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्तमान संघियता कुनै पनि हालतमा खारेज हुदैन:सभामुख महरा
बामदेवबाट धोका भएको प्रचण्डमाधवको निष्कर्ष, छ बुँदे प्रस्तावमा असहमति
बामदेवबाट धोका भएको प्रचण्डमाधवको निष्कर्ष, छ बुँदे प्रस्तावमा असहमति
भावी प्रधान न्यायाधीश राणाकी जोशी ? दुबैजनाको नाम सिफारिस
भावी प्रधान न्यायाधीश राणाकी जोशी ? दुबैजनाको नाम सिफारिस
नेपाली काँग्रेस – निर्वाचित प्रतिनिधि स्वागत एवं सम्मान कार्यक्रम
पुजार सार्कीमा जोडिए अञ्जना र परीक्षा
पुजार सार्कीमा जोडिए अञ्जना र परीक्षा
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
बुधवार २ सय १० कोरोना संक्रमित थपिए, १४६ डिस्चार्ज
भूकम्प पीडितलाई ट्याक्सी दिने अन्तिम तयारी
भूकम्प पीडितलाई ट्याक्सी दिने अन्तिम तयारी
औद्योगिक बिकासको लागि स्वदेशमै रोजगारको वातावरण सिर्जना गर्नुपर्छः मन्त्री जोशी
नागरिकता विवरणमा हेर्नेमात्र पहुँच
नागरिकता विवरणमा हेर्नेमात्र पहुँच

तपाईंले छुटाउनुभयो कि?