यी हुन एमालेले प्रत्यक्षतर्फ टिकट पक्का गरेका नेताहरु
सारांश
- काठमाडौं।
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु प्रत्यक्षतर्फ उम्मेदवार बन्ने निश्चित भएको छ ।
- उनीहरु एकल सिफारिशमा परेबाट उम्मेदवार बन्ने निश्चित भएको हो ।
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु प्रत्यक्षतर्फ उम्मेदवार बन्ने निश्चित भएको छ । उनीहरु एकल सिफारिशमा परेबाट उम्मेदवार बन्ने निश्चित भएको हो ।
उम्मेदवार बन्ने निश्चित भएकाहरुमा अध्यक्ष केपी शर्मा ओली झापा ५, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५, उपाध्यक्षहरु सुवास नेम्वाङ इलाम २, विष्णु पौडेल रुपन्देही २, प्रभावशाली नेता डा। भीम रावल अछाम १ लगायत छन् ।
माओवादीबाट एमालेमा प्रवेश गरेका प्रभु साह रौतहट ३, लेखराज भट्ट कैलाली ४, गौरीशंकरलाल चौधरी कैलाली ३, टोपबहादुर रायमाझी अर्घाखाँचीबाट एकल सिफारिशमा परेका छन् ।
महेश बस्नेत भक्तपुर २, जुली महतो धनुषा ३, रघुवीर महासेठ धनुषा ४, लिलानाथ श्रेष्ठ सिराहा ३, गोकुल बाँस्कोटा काभ्रे २, राजन भट्टराई काठमाडौं ४, ठाकुर गैरे पाल्पा २, प्रदीप ज्ञवाली गुल्मी १, शंकर पोखरेल दाङ २ बाट उम्मेदवार बन्ने निश्चितप्रायः भएको छ । उनीहरु सबै एकल सिफारिशमा परेका हुन्
प्रतिक्रिया