जब चीनमा मोदीको स्वागतमा हिन्दी गीत बज्यो…

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
जब चीनमा मोदीको स्वागतमा हिन्दी गीत बज्यो…

सारांश

  • काठमाडौं, १६ बैशाख ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जवाफ पाएपछि बलिउड स्टार ऋषि कपुर दंग छन् ।
  • केही दिनयता खुसीले फुरुंग रहेका ऋषिको एक ट्विटमा प्रधानमन्त्री मोदीले जवाफ दिएपछि त झनै मख्ख ।

काठमाडौं, १६ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जवाफ पाएपछि बलिउड स्टार ऋषि कपुर दंग छन् । केही दिनयता खुसीले फुरुंग रहेका ऋषिको एक ट्विटमा प्रधानमन्त्री मोदीले जवाफ दिएपछि त झनै मख्ख ।

प्रशंग, भारतीय प्रधानमन्त्री मोदीको चीन भ्रमणताकाको हो । चीनमा मोदीको स्वागतमा ऋषि निर्मित फिल्मको गीत ‘तु तु है वही’ बजाइएको थियो । ऋषिले उक्त समयको भिडियोसँगै ओर्जिनल गीत मोदीलाई ट्याग गर्दै ट्विटरमा शेयर गरेका थिए । त्यसको जवाफमा मोदीले लेखे, ‘पञ्चम दाका शुक्रिया।’

ऋषिले आफ्नो ट्विटमा लेखे, ‘तु तु है वही’को अर्जिनल भर्सन, जुन किशोर कुमार र आशा भोसलेले गाएका हुन् । चीनमा राष्ट्रपति सी जिनपिनले मोदीको स्वागत गर्दा हाम्रो गीत बजेको थियो । यसबाट सम्मानित भएको महशुस गरिरहेको छ ।’

त्यसपछि मोदीले ट्विट गरे, ‘पञ्चम दा भारतीय संगीतको महान कलाकार थिए । उनका संगीतले आज पनि जादू देखाइरहेको छ ।’

हिट गीत ‘तु है वही दिल’ जसलाई मोदीले मनमनै गुनगुनाएका थिए । उक्त दौरानमा प्रधानमन्त्रीको संगीतप्रतिको लगाव पनि देखिएको थियो ।

चीनबाट फर्केपछि मोदीले आशा भोसलेसँग पनि आफनो अनुभव शेयर गरेका थिए । उनले ट्विटरमा लेखे, ‘विदेशी भूमिममा आफ्नो भारतीय म्युजिक सुनेर गर्व लागेको छ । हाम्रो कला संसारभर चर्चित छ ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bir Bahadur Kc

    नेपालमा यस्को फोतो राखेर गीत बजाउनु पर्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?