जसपाले सरकारलाई विश्वासको मत दिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २४, २०७९
|
|
३७ पटक हेरिएको
Shares
जसपाले सरकारलाई विश्वासको मत दिने

सारांश

  • काठमाडौं।
  • जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ।
  • सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय समावेश गरेपछि सरकारलाई विश्वासको मत दिने निर्णय भएको प्रवक्ता मनिष सुमनले जानकारी दिए।

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ। सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय समावेश गरेपछि सरकारलाई विश्वासको मत दिने निर्णय भएको प्रवक्ता मनिष सुमनले जानकारी दिए।

जसपाले एक विज्ञप्ति जारी गर्दै गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्यूनतम साझा कार्यक्रमको खाकामा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका दुई वटा सर्तहरू समेटिएको भन्दै विश्वासको मत दिने बताएको हो।

कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्तारुढ दलका शीर्ष नेतालाई शनिबार बुझाएको हो। प्रतिवेदनमा प्रभावकारीरूपमा सरकार सञ्चालनका लागि प्राथमिकता निर्धारण गरिनुका साथै सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रका विविध विषय समेटिएको छ।

जसपाले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने विषयमा भने असहमति व्यक्त गरेको छ। प्रवक्ता सुमनका अनुसार आज पार्टीको बैठक बसी सरकारलाई विश्वासको मत दिनेबारे औपचारिक निर्णय गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिबन्धित ५०० र १००० का नोटहरुमा राखिएको सुरक्षा वायरलाई नक्कली नोटमा लगाएर नयाँ बनाइदै तस्कर !
प्रतिबन्धित ५०० र १००० का नोटहरुमा राखिएको सुरक्षा वायरलाई नक्कली नोटमा लगाएर नयाँ बनाइदै तस्कर !
निर्वाचन क्षेत्र निर्धारण आयोग गठनको बाटो खुल्यो
ओलीले भने  कांग्रेस म्याद गुज्रिएको औषधि हो
ओलीले भने कांग्रेस म्याद गुज्रिएको औषधि हो
मनिषा कोइरालाले भनिन् : मसँग विवाहको कुरै नगर्नुहोस्
मनिषा कोइरालाले भनिन् : मसँग विवाहको कुरै नगर्नुहोस्
एकै स्थानमा भेटिएका नौवटा बम सेनाद्वारा निष्क्रिय
एकै स्थानमा भेटिएका नौवटा बम सेनाद्वारा निष्क्रिय
वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीसहित, सचिव, सहसचिव मुछिए (नामसहित)
वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीसहित, सचिव, सहसचिव मुछिए (नामसहित)
अब राष्ट्रियसभाका ३ जनाले सपथ लिन नपाउने, टुंगो लाग्न दुईसाता लाग्ने
अब राष्ट्रियसभाका ३ जनाले सपथ लिन नपाउने, टुंगो लाग्न दुईसाता लाग्ने
क्यान्सरसँग जुधेका संजयलाई एकपछि अर्को सफलता
क्यान्सरसँग जुधेका संजयलाई एकपछि अर्को सफलता
कोरोना कहर : विश्वव्यापीरुपमा विप्रेषण आप्रवाह २० प्रतिशतले घट्ने
कोरोना कहर : विश्वव्यापीरुपमा विप्रेषण आप्रवाह २० प्रतिशतले घट्ने
एमाले उपाध्यक्ष वामदेव गौतमले तोके सरकार गठनको मिति
एमाले उपाध्यक्ष वामदेव गौतमले तोके सरकार गठनको मिति

तपाईंले छुटाउनुभयो कि?