जातीय हिंसामा ११ जना मारिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • बामाको, २४ साउन।
  • मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन् ।
  • स्थानीय समूहले बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

बामाको, २४ साउन। मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन् ।
स्थानीय समूहले बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
अशान्त रहेको मध्य क्षेत्र मोप्तीमा मंगलबार सो घटना भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । डोगोङ समुदायका व्यक्तिहरूले आक्रमण गरेको बताइएको छ ।

मंगलबार ११ जना फुलानी नागरिक अपहरणमा परेका थिए । उनीहरूलाई बानी नदी हुदै बजारतर्फ गइरहेका बेला सोफाराबाट डोगोङ लडाकूहरुले अपहरण गरेका हुन्, फुलानी एसोसिएसनका प्रमुख अब्दौल अजिज डिआलोले एएफपीसँग भन्नुभयो ।
उहाँले थप्नु भयो, “तर आज उनीहरू मृत अवस्थामा रहेको प्रमाण फेला परेको छ ।”
फुलानी, बाम्बारा र डोगोङ किसानकाबीचमा विगत तीन बर्ष देखि मध्य मालिमा द्वन्द्व भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?