किराँत समुदायले आज उभौली पर्व मनाउँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
२७ पटक हेरिएको
Shares
किराँत समुदायले आज उभौली पर्व मनाउँदै

सारांश

  • काठमाडौं.
  •  प्रकृतिपूजक किराँत जातिले आज उभौली पर्व मनाउँदैछन् ।
  • वैशाख पूर्णिमाका अवसरमा ढोलझ्याम्टाका साथ साकेला नाच्दै मनाइने किरात राई समुदायले उभौली पर्व मनाउने गर्दछन् ।

काठमाडौं. प्रकृतिपूजक किराँत जातिले आज उभौली पर्व मनाउँदैछन् । वैशाख पूर्णिमाका अवसरमा ढोलझ्याम्टाका साथ साकेला नाच्दै मनाइने किरात राई समुदायले उभौली पर्व मनाउने गर्दछन् ।

किराँती प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुशी पार्न हरेक वर्ष यो पर्व मनाइन्छ । किराँतको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । यो पर्व ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो ।

वसन्त ऋतुमा पर्ने उभौलीमा साकेला चण्डी नाच नाचिन्छ । नाचमार्फत् प्रकृतिको आराधना गरिन्छ । चण्डी नाच नाचिने भएकाले यो दिनलाई चण्डी पूर्णिमा भनिन्छ । यो दिनलाई सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन मानिन्छ ।

उभौली पर्व मौसमसँग सम्बन्धित छ । अन्नबाली सप्रियोस्, खाद्यान्नको कमी नहोस् र सुखशान्ति प्राप्त होस् भन्ने उद्देश्यका साथ यो पर्व मनाउने गरिन्छ ।

किरात राईहरूको बसोबास रहेको कोशी प्रदेशअन्तर्गतका पूर्वी पहाडी जिल्लाका साथै धरान, इटहरी, गाईघाट, कटारी, मोरङ तथा राजधानी काठमाडौँ आदि सहरमा रहेका राई समुदायले यो पर्व धुमधामका साथ मनाउने गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ : मन्त्री भण्डारी
नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ : मन्त्री भण्डारी
नगरपालिकाले प्रदान गरेको तालिमको सदुपयाेग !
नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति
नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति
बामदेव गौतमलाई अर्को ढोका बन्द
बामदेव गौतमलाई अर्को ढोका बन्द
कास्कीका सबारी साधनमा आगो लगाई फरार व्यक्ति लेकसाईडको होटलबाट २ घन्टामा  पक्राउ
कास्कीका सबारी साधनमा आगो लगाई फरार व्यक्ति लेकसाईडको होटलबाट २ घन्टामा पक्राउ
सिंहदरबार प्रवेशमा कडाई
सिंहदरबार प्रवेशमा कडाई
मुटु परीक्षण गर्न प्रधानमन्त्री ओली अस्पतालमा
मुटु परीक्षण गर्न प्रधानमन्त्री ओली अस्पतालमा
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक
मुख्यमन्त्री थापाको बर्खास्तीको माग गर्दै दायर भएको रिटको सुनुवाइ सकियो
मुख्यमन्त्री थापाको बर्खास्तीको माग गर्दै दायर भएको रिटको सुनुवाइ सकियो
अश्लील गतिविधि गर्ने अधिकृत निरौलालाई २४ घन्टाभित्र हाजिर हुन मन्त्री मोदीको निर्देशन
अश्लील गतिविधि गर्ने अधिकृत निरौलालाई २४ घन्टाभित्र हाजिर हुन मन्त्री मोदीको निर्देशन

तपाईंले छुटाउनुभयो कि?