बहुराष्ट्रिय सेना भन्छ ः अन्तर सञ्चार सम्पर्कलाई चुस्त तुल्याइनेछ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
३० पटक हेरिएको
Shares
बहुराष्ट्रिय सेना भन्छ ः अन्तर सञ्चार सम्पर्कलाई चुस्त तुल्याइनेछ

सारांश

  • काठमाडौँ, १ भदौ ,।
  • बहुराष्ट्रिय सेनाबीच अन्तर सञ्चार समन्वय गरी विपद्का ठूला घटनापछिको उद्धार र राहतलाई प्रभावकारी तुल्याउने निकर्षसहित बहुराष्ट्रिय सञ्चार अन्तर्राष्ट्रिय कार्यक्रम (एमसिआइसी)को आज समापन भएको छ ।
  • अभ्यासमा अष्ट्रेलिया, बङ्गलादेश, कम्बोडिया, फिजी, फ्रान्स, इण्डोनेशिया, जापान, मलेशिया, माल्दिभ्स, मङ्गोलिया, नेपाल, फिलिपिन्स, सिङ्गापुर, श्रीलङ्का, थाइल्याण्ड, टोङ्गा, पपुआ न्यूगिनी र दक्षिण कोरियाका भियतनाम र संयुक्त राज्य अमेरिकाका गरी २७० सैनिक सहभागी थिए ।

काठमाडौँ, १ भदौ ,। बहुराष्ट्रिय सेनाबीच अन्तर सञ्चार समन्वय गरी विपद्का ठूला घटनापछिको उद्धार र राहतलाई प्रभावकारी तुल्याउने निकर्षसहित बहुराष्ट्रिय सञ्चार अन्तर्राष्ट्रिय कार्यक्रम (एमसिआइसी)को आज समापन भएको छ । अभ्यासमा अष्ट्रेलिया, बङ्गलादेश, कम्बोडिया, फिजी, फ्रान्स, इण्डोनेशिया, जापान, मलेशिया, माल्दिभ्स, मङ्गोलिया, नेपाल, फिलिपिन्स, सिङ्गापुर, श्रीलङ्का, थाइल्याण्ड, टोङ्गा, पपुआ न्यूगिनी र दक्षिण कोरियाका भियतनाम र संयुक्त राज्य अमेरिकाका गरी २७० सैनिक सहभागी थिए ।

सूचना प्रवाहको प्रभावकारितालाई अभिवृद्धि गरी विपद् व्यवस्थापनलाई चुस्त तुल्याउने उद्देश्यले उक्त अभ्यास सञ्चालन गरिएको हो । भूकम्प, सामुन्द्रिक आँधी, ज्वालाभूखी विस्फोटन तथा ठूला बाढी पहिरोका घटनापछि प्रभावित क्षेत्रमा बहुराष्ट्रिय सेना परिचालन भई संयुक्त रुपमा काम गर्ने अभ्यास हुँदै आएको छ ।

एशिया प्रशान्त क्षेत्र प्राकृतिक प्रकोपको दृष्टिकोणले अति नै संवेदनशील क्षेत्र भएकाले सन् २००४ को सुनामीमा देखिएको कमीकमजोरी हटाई मानवीय सहायता र उद्धारलाई भरपर्दो बनाउने उद्देश्यले सन् २००५ बाट अमेरिकी सेनाको एशिया प्रशान्त क्षेत्रको सहयोगमा यो कार्यक्रम पहिलोपटक आरम्भ गरिएको थियो ।

नेपाली सेना र अमेरिकी सेनाको प्रशान्त क्षेत्र कमाण्डद्वारा आयोजित अभ्यासमा प्राकृतिक प्रकोप तथा विपद्को समयमा जुनसुकै ठाउँमा परिचालन भएपनि विभिन्न मुलुकका सेनाबीच अन्तर सञ्चार माध्यमद्वारा मिलाप गरी कार्यसम्पादन सहज ढङ्गले गर्ने सन्दर्भमा सैद्धान्तिक तथा व्यावहारिक अभ्याससमेत गराइएको थियो ।

नेपाल उक्त कार्यक्रममा सन् २००६ बाट सहभागी हुँदै आएको छ । नेपाली सेनाले यसअघि यो अभ्यास २०७१ सालमा सञ्चालन गरेको थियो । पपुवा न्यूगिनीमा सन् २०१९ मा आयोजना हुने अर्को अभ्यासबाट आगामी पाँच वर्षका लागि नीति तथा योजना तयार गर्नेछ ।

अभ्यास समापनका अवसरमा प्रशिक्षार्थीलाई प्रमाणपत्र दिँदै बलाध्यक्ष रथी हेमन्तराज कुँवरले ठूला विपद्को घटनापछि मानवीय उद्धार र राहतमा खटिएका सैनिकबीच उपलब्ध सञ्चार उपकरणबाट सहज सम्पर्क गर्ने सन्दर्भमा सैनिकबीच क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको विश्वास व्यक्त गरे । उने भने, “अभ्यासका क्रममा सिकेका ज्ञान र अनुभवले मानवीय सहायतालाई प्रभावकारी बनाउनेछ, विभिन्न मुलुकका सेनाले प्रयोगमा ल्याएका नवीनतम् उपकरणबारे जानकारी लिन अवसर जुटेको छ ।’’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिम्स्टेक शिखर सम्मेलनमा विद्युत् व्यापार तथा आदानप्रदानकाे समझदारी गरिने !
बिम्स्टेक शिखर सम्मेलनमा विद्युत् व्यापार तथा आदानप्रदानकाे समझदारी गरिने !
इडाई समुद्री आँधीका कारण मोजाम्बिकमा मात्र हजारभन्दा बढीले ज्यान गुमाए
इडाई समुद्री आँधीका कारण मोजाम्बिकमा मात्र हजारभन्दा बढीले ज्यान गुमाए
वेश्यावृत्ति गराएको आरोपमा पक्राउ
वेश्यावृत्ति गराएको आरोपमा पक्राउ
प्रधानमन्त्री ओलीभन्दा पहिले प्रचण्ड भेट्न पुगे मुख्यमन्त्री शाही, माधव नेपालपनि उपस्थित्
प्रधानमन्त्री ओलीभन्दा पहिले प्रचण्ड भेट्न पुगे मुख्यमन्त्री शाही, माधव नेपालपनि उपस्थित्
कात्तिक २ गते शनिबारको राशिफल यस्तो छ
वायु सेवा निगमलाई सरकारले सँधैभरि पैसा दिईरहन सक्दैन् : मन्त्री अधिकारी (भिडियोसहित)
वायु सेवा निगमलाई सरकारले सँधैभरि पैसा दिईरहन सक्दैन् : मन्त्री अधिकारी (भिडियोसहित)
१० नम्बर नपाएपछि हाजार्डले रोजे २३ नम्बरको को जर्सी
१० नम्बर नपाएपछि हाजार्डले रोजे २३ नम्बरको को जर्सी
के गर्दैछन् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड!
के गर्दैछन् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड!
संकटग्रस्त अवस्थामा संसारकै गहिरो अन्धगल्छी
संकटग्रस्त अवस्थामा संसारकै गहिरो अन्धगल्छी
मन्दिरको पर्खाल बनाउने नाममा पैसा हिनामिना गरेको भेटिएपछि…

तपाईंले छुटाउनुभयो कि?