महंगियो इन्टरनेट : साउन १ बाट शुल्क बढ्दै , उपभोक्ता माथि थप भार

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
महंगियो इन्टरनेट : साउन १ बाट शुल्क बढ्दै , उपभोक्ता माथि थप भार

सारांश

  • काठमाडौं ।
  • सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिने भएको छ ।
  • निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट सेवा शुल्क समायोजन गर्ने जानकारी दिएको छ भने नेपाल टेलिकमले पनि साउन १ बाट मूल्य समायोजन गर्ने तयारी गरेको छ ।

काठमाडौं । सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिने भएको छ । निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट सेवा शुल्क समायोजन गर्ने जानकारी दिएको छ भने नेपाल टेलिकमले पनि साउन १ बाट मूल्य समायोजन गर्ने तयारी गरेको छ ।

सरकारले टेलिफोन सेवा प्रदायकका हकमा मात्र लगाउँदै आएको यो दस्तुर इन्टरनेट सेवामा पनि विस्तार गरेको छ । टेलिफोनमा ११ प्रतिशत रहेको दस्तुर १३ प्रतिशत र्पुयाएर इन्टरनेट सेवामा पनि सोही दरमा लगाउन थालिएको हो । अब सबै सेवामा मूल्य अभिवृद्धि कर पनि लाग्नेछ । टेलिफोन सेवामा करिब ३ प्रतिशत मुल्य बढ्ने अनुमान छ । इन्टरनेट सेवाको मूल्य १४.३ प्रतिशतले महंगिने भएको हो ।

 

उपभोक्तामा थप भार
सरकारले उपभोक्ताबाट उठाएर बढेको शुल्क लिन भनेको भन्दै अब इन्टरनेट सेवाको त्यसैअनुसार मूल्य समायोजन गर्ने तयारीमा सेवा प्रदायक कम्पनी लागेका छन् । अव उपभाक्ता मंहगीको थप भारमा पर्ने छ ।

 

सरकारले बजेटमार्फत इन्टरनेट सेवामा पनि पनि दूरसञ्चार सेवा दस्तुर लगाउन सुरु गरेको छ । यस अघि नलिइने यस्तो दस्तुर एकैपटक १३ प्रतिशत र्पुयाएपछि इन्टरनेट सेवा प्रदायक कम्पनीले विरोध गर्दै आएका छन् । तर, सरकारले नसुनेपछि अब त्यसको भार उपभोक्तामाथि नै थोपर्ने योजना सेवा प्रदायकले बनाएका छन् ।

 

इन्टरनेटको प्रयोगले टेलिफोनको ‘भ्वाइस सेवा’को प्रयोग घटाउँदै लगेकाले इन्टरनेटमा पनि दूरसञ्चार दस्तुर लगाउने भएको छ । आज–भोलि भाइबर,च्याट, ह्वाट्स एप लगायतको प्रयोगबाट धेरै भ्वाइस कल हुन्छ भ्वाइस कल इन्टरनेटतर्फ ट्रान्सफर भएकाले नै इन्टरनेटमा दूरसञ्चार दस्तुर लिन सुरु गरेको छ ।

 

सरकारले ब्रोडब्यान्ड नीतिको विपरीत हुने गरीे इन्टरनेटमा दूरसञ्चार दस्तुर लगाएको हो । इन्टरनेट सेवामा दस्तुर लगाएमा करिब २ अर्ब राजस्व थपिने अनुमान सरकारको छ । दूरसञ्चार क्षत्रेको आम्दानी भ्वाइस ओभर कललाई ओटीटीहरुले विस्तारै विस्थापित गर्दै लगेको छ । त्यसैले त्यसको हिस्सा कतै न कतै इन्टरनेटमा त छ भनेर दुरसञ्चारले दस्तुर लगाएको हो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Subash Mittal

    Thanks oli sir

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७७ जिल्ला यी १०० पर्यटकिय स्थल, हेर्नुहाेस तपार्इकाे जिल्लाका कुनकुन ठाउँ पर्याे
७७ जिल्ला यी १०० पर्यटकिय स्थल, हेर्नुहाेस तपार्इकाे जिल्लाका कुनकुन ठाउँ पर्याे
३६५ वटा दत्तिवनले दाँत माझ्ने चलन
३६५ वटा दत्तिवनले दाँत माझ्ने चलन
१७ हजारको मोबाइलले चढायो रमेश तण्डुकारलाई स्कुटर
१७ हजारको मोबाइलले चढायो रमेश तण्डुकारलाई स्कुटर
प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ मा सपथ लिने
प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ मा सपथ लिने
सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना
सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना
डा. गोविन्द केसी आक्रोशित, स्वास्थ्य जाँच गर्न अस्वीकार
डा. गोविन्द केसी आक्रोशित, स्वास्थ्य जाँच गर्न अस्वीकार
बझाङको छतिसपाथिभरामा माके एमाले दोहोरो झडप ३ घाईते .
‘सगरमाथा’ तारा, ‘लालीगुराँस’ ग्रह
‘सगरमाथा’ तारा, ‘लालीगुराँस’ ग्रह
मृत्युदण्ड सुनाइएका उमेश भन्छन् : ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’
मृत्युदण्ड सुनाइएका उमेश भन्छन् : ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’
मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै राप्रपाले बुझायाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै राप्रपाले बुझायाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र

तपाईंले छुटाउनुभयो कि?