जापानमा बौद्ध धर्मको प्रचार गर्दै रोबोट

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
जापानमा बौद्ध धर्मको प्रचार गर्दै रोबोट

सारांश

  • जापानको एक मन्दिरमा रोबर्टले बौद्ध धर्मग्रन्थ त्रिपिटक वाचन गर्न थालेको छ ।
  • ४ सय बर्ष पुरानो उक्त बौद्ध मन्दिरमा धर्मप्रति युवाहरुलाई आकर्षित गर्न रोबर्टको सहयोग लिइएको हो ।
  • ‘कैयन’ नामाकरण गरिएको यो रोबटलाई १ लाख डलरको लगानीमा उपदेश वाचन गर्नकै लागि निर्माण गरिएको बुझिएका छ ।

जापानको एक मन्दिरमा रोबर्टले बौद्ध धर्मग्रन्थ त्रिपिटक वाचन गर्न थालेको छ । ४ सय बर्ष पुरानो उक्त बौद्ध मन्दिरमा धर्मप्रति युवाहरुलाई आकर्षित गर्न रोबर्टको सहयोग लिइएको हो । ‘कैयन’ नामाकरण गरिएको यो रोबटलाई १ लाख डलरको लगानीमा उपदेश वाचन गर्नकै लागि निर्माण गरिएको बुझिएका छ । रोबर्टले मन्दिरमा आएका श्रद्धालुहरुलाई बौद्ध धर्मको विषयमा जानकारी र उपदेश दिन थालेको छ ।

सन् १६१९ मा स्थापना गरिएको ‘क्योटो के कोडाइजी’ मन्दिरमा रहेको सो रोबर्टको शिर, काध र हातमा सिलिकनबाट बनेको छालाको कभर लगाइएको छ । रोबर्टको देब्रे आँखामा भिडियो क्यामेराको सहयोगले यसले मानिसहरुसँग कुरा गर्न सक्छ । रोबर्टले जापानी भाषामा त्रिपिटक पढ्ने गरेको छ । जापानी भाषामा पढिएको त्रिपिटकलाई रोबर्टले अंग्रेजी र चिनिया भाषामा अनुवाद पनि गर्छ ।

युवा पुस्ताहरुका लागि बौद्ध धर्मको जानकारी दिनका लागि मन्दिरका पुजारीहरुले ओसाका यूनिभर्सिटीमा इन्टेलिजेन्ट रोबर्टिक्सका प्रोफेसरसँग सहयोग लिएका थिए । उनीहरुकै सहयोगबाट त्रिपिटक वाचन गर्ने रोबर्ट निर्माण गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?