साउदी अरबबाट विद्यालयलाई एक लाखभन्दा बढी सहयोग

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
५२ पटक हेरिएको
Shares
साउदी अरबबाट विद्यालयलाई एक लाखभन्दा बढी सहयोग

सारांश

  • बेनी, म्याग्दी १४ माघ, म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा समुदायको सक्रियतामा निर्माणाधीन अवस्थामा रहेको जयन्ती माविको भवनलाई साउदी अरबबाट एक लाखभन्दा बढीको आर्थिक सहयोग भएको छ ।
  • विद्यालयका भूपूविद्यार्थी एवम् आर्थिक संकलन अभियानका साउदी अरब संयोजक मनबहादुर क्षत्रीले साउदी अरबमा रहेका नेपालीबाट संकलन गरेको रु एक लाख ११ हजार ५५ शनिबार विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ ।
  • भकिम्लीमा समुदाय र दाताको सहयोगमा ३० कोठे पक्की विद्यालय भवन निर्माण भइरहेको छ ।

बेनी, म्याग्दी १४ माघ, म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा समुदायको सक्रियतामा निर्माणाधीन अवस्थामा रहेको जयन्ती माविको भवनलाई साउदी अरबबाट एक लाखभन्दा बढीको आर्थिक सहयोग भएको छ ।

विद्यालयका भूपूविद्यार्थी एवम् आर्थिक संकलन अभियानका साउदी अरब संयोजक मनबहादुर क्षत्रीले साउदी अरबमा रहेका नेपालीबाट संकलन गरेको रु एक लाख ११ हजार ५५ शनिबार विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । भकिम्लीमा समुदाय र दाताको सहयोगमा ३० कोठे पक्की विद्यालय भवन निर्माण भइरहेको छ । विद्यालय भवन निर्माणका लागि हालसम्म करिब रु एक करोड ८० लाखभन्दा बढी खर्च भइसकेको विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले जानकारी दिनुभयो ।

सदरमुकामनजिक रहेर पनि सरकारी निकायबाट उपेक्षामा परेको विद्यालयलाई विपन्न परिवारले जनश्रमदान र अन्नबाली बेचेर समेत भवनका लागि सहयोग गरेका प्रधानाध्यापक पुनले बताउनुभयो । निर्माणाधीन अवस्थामा रहेको भवनलाई जिल्ला शिक्षा कार्यालयबाट रु १९ लाख ५० हजार सहयोग भए पनि बाँकी सबै चन्दा संकलन गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?