मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीको प्रतिक्षण सुरु
सारांश
- काठमाडौं, ११ कात्तिक।
- मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी क्रान्तिकारी) ले वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।
- नेपाल कम्युनिष्ट पार्टी (माओवादी क्रान्तिकारी) का महासचिव बैद्यले आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच पार्टीको बैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम शुभारम्भ गरेका हुन्।
काठमाडौं, ११ कात्तिक। मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी क्रान्तिकारी) ले वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी क्रान्तिकारी) का महासचिव बैद्यले आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच पार्टीको बैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम शुभारम्भ गरेका हुन्।
पार्टी स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा माक्र्सवादका मुख्य अवधारणाहरु माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका विषयमा पार्टीका नेताहरुलाई प्रशिक्षण दिइनेछ। वैचारिक राजनीतिक रुपमा पार्टीका नेताहरुलाई सक्षम बनाउन सो प्रशिक्षण कार्यक्रम आयोजना गर्नु परेको पार्टीका वरिष्ठ नेता सिपी गजुरेलले जानकारी दिए। प्रशिक्षणमा प्रदेशबाट प्रतिनिधित्व गर्नु भएका पार्टीका ६० जनाभन्दा बढि केन्द्रिय सदस्यहरु सहभागी हुनु भएको छ । ७ दिनसम्म संचालन हुने सो प्रशिक्षण कार्यक्रमले पार्टी भित्रको वैचारिक धारलाई बलियो बनाउने पार्टीले विश्वास लिएको छ।
प्रतिक्रिया