प्रदेश २ मा संविधान दिवस विवादमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २२, २०७६
|
|
३८ पटक हेरिएको
Shares
प्रदेश २ मा संविधान दिवस विवादमा

सारांश

  • सरकारले असोज ३ गते भव्यताका साथ संविधान दिवस मनाउने तयारी गरिरहेको छ ।
  • सबै प्रदेश सरकारले पनि दिवस मनाउने तयारी गरिरहेका छन् ।
  • तर प्रदेश दुईका मन्त्रीहरुबीच भने विवाद देखिएको छ ।

सरकारले असोज ३ गते भव्यताका साथ संविधान दिवस मनाउने तयारी गरिरहेको छ । सबै प्रदेश सरकारले पनि दिवस मनाउने तयारी गरिरहेका छन् । तर प्रदेश दुईका मन्त्रीहरुबीच भने विवाद देखिएको छ । कसैले दिवस मनाउने त कसैले कालो दिनको रुपमा मनाउने अडान लिएका छन् ।

आगमी असोज ३ गते संविधान दिवस मनाउने वा नमनाउने विषयलाई लिएर प्रदेश २ सरकारका मन्त्रीहरु दुई खेमामा विभाजित भएका छन् । सत्तारुढ समाजवादी पार्टीका मन्त्रीहरु संविधान दिवस मनाउने पक्षमा छन् भने राष्ट्रिय जनता पार्टी नेपालका मन्त्रीहरु संविधान दिवसका दिन कालो दिवस मनाउने अडानमा छन् ।

राजपाले संविधान दिवसलाई कालो दिवसकै रुपमा मनाउने निर्णय गरेपछि प्रदेश २ सरकारमा सहभागी राजपाका मन्त्रीहरु समेत पार्टीकै लाइनमा अगाडी बढ्ने बताउँछन् ।

यता समाजवादी पार्टीका मन्त्रीहरु पार्टीको निर्णय जेसुकै आएपनि सरकारको हैसियतले संविधान दिवस मनाउने प्रतिक्रिया दिएका छन् । प्रदेश २ सरकारमा राजपाको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश सरकारले असोज ३ गते भव्यतापूर्वक संविधान दिवस मनाउने बारे आफू लगायत राजपाका कुनै मन्त्रीलाई जानकारी नगराईएको आरोप लगाएका छन् ।

उनले प्रदेश २ सरकारको मन्त्रीपरिषदबाट संविधान दिवस भव्यतापूर्वक मनाउने निर्णय भएको दिनमा आफुहरु बैठकमा उपस्थित नै नरहेको बताए । सोनलले संविधान संशोधनको मुद्दा यथावत नै रहेकोले यथास्थितिमा संविधान दिवसका दिन हर्ष गर्न सक्ने स्थिति नरहेको जिकिर गरे ।

दिवस नमनाउँदैमा कसैले कारबाही गर्न नसक्ने चेतावनीसमेत मन्त्री सोनलले दिएका छन् । यता आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारले संविधान दिवस मनाउने प्रतिक्रिया दिएका छन् ।

उनले प्रदेश सरकारले संविधान दिवस मनाउने निर्णय गरेको दिन राजपाका मन्त्रीहरु अनुपस्थित रहेको स्वीकार गर्दै छिट्टै उनीहरुलाई जानकारी गराइने बताए । संविधान दिवस मनाए पनि संशोधनको मुद्दा नबिर्सेको र यो संविधानलाई आलोचनात्मक रुपमा स्वीकार गरेको उनको भनाई छ ।

उनले संविधान संशोधन नभए अब समाजवादी पार्टी पनि सरकारमा नरहने स्पष्ट पारेका छन् ।

२०७२ साल असोज तीन गते संविधानसभाबाट संविधान जारी भएको थियो । उक्त संविधानप्रति सत्तारुढ दल समाजवादी पार्टी र प्रदेश २ को सत्तारुढ दल राष्ट्रिय जनाता पार्टीले असन्तुष्टी व्यक्त गर्दै आएका छन् ।

उनीहरुले संविधान संशोधनको माग अघि सारिरहेका छन् । तर सरकारमै रहेर संविधान दिवस मनाउने कि नमनाउने भन्ने विषय भने पेचिलो बन्दै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण निर्णय हुने
बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण निर्णय हुने
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल
प्रधानमन्त्री ओलीको सरकारमा दुई तिहाई पुर्याउने कसरत, उपेन्द्र यादवलाई जोड
प्रधानमन्त्री ओलीको सरकारमा दुई तिहाई पुर्याउने कसरत, उपेन्द्र यादवलाई जोड
शव गृहकाे जेनेरेटरमा अागलागी
शव गृहकाे जेनेरेटरमा अागलागी
एमाले , माओवादी ७४ सिटको भागबण्डा :(सूचीसहित)
एमाले , माओवादी ७४ सिटको भागबण्डा :(सूचीसहित)
संसद् र अदालत पार्टीको बन्दी र खेलौना ?
संसद् र अदालत पार्टीको बन्दी र खेलौना ?
मानार्थ दर्जा दिएकामा खुशी छु : राष्ट्रकवि घिमिरे
मानार्थ दर्जा दिएकामा खुशी छु : राष्ट्रकवि घिमिरे
समानुपातिक तर्फको पनि मतगणना सकियो ! कुन पार्टी ले कती मत पाए ?
स्वास्थ्य मन्त्रि उपेन्द्र यादवको नजर राज्यमन्त्री अर्यालको ‘क्वार्टर’मा  !
स्वास्थ्य मन्त्रि उपेन्द्र यादवको नजर राज्यमन्त्री अर्यालको ‘क्वार्टर’मा !
सलमानले कट्रिनापछि उनकी बहिनीलाई पनि बलिउडमा ल्याउने
सलमानले कट्रिनापछि उनकी बहिनीलाई पनि बलिउडमा ल्याउने