बुधबारको मौसमः पाँच प्रदेशमा हल्का बर्षाकाे सम्भावना

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०८०
|
|
५४ पटक हेरिएको
Shares
बुधबारको मौसमः पाँच प्रदेशमा हल्का बर्षाकाे सम्भावना

सारांश

  • काठमाडौं।
  • हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। साथै लुम्बिनी प्रदेशका एक वा दुई स्थान तथा मधेश र कोशी प्रदेसका तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुदाँ दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्बौंको भ्रष्टाचारसामु कौडीको विकास
अर्बौंको भ्रष्टाचारसामु कौडीको विकास
पूर्ववडाध्यक्ष पाँच दिनदेखि बेपत्ता
पूर्ववडाध्यक्ष पाँच दिनदेखि बेपत्ता
म युवालाईं पैसा कमाउन सिकाउँछु, चुनाव जित्न पैसा बाँड्दिन : मेयरका स्वतन्त्र उम्मेदवार कृष्णहरि बुढाथोकी
म युवालाईं पैसा कमाउन सिकाउँछु, चुनाव जित्न पैसा बाँड्दिन : मेयरका स्वतन्त्र उम्मेदवार कृष्णहरि बुढाथोकी
भद्रपुर नगरपालिकाको ४ मा माओवादी र ५ मा काँग्रेस विजयी
भद्रपुर नगरपालिकाको ४ मा माओवादी र ५ मा काँग्रेस विजयी
यात्रु चढिसकेको जहाज दिल्लीमा ६ घण्टा रोकिएपछि…
यात्रु चढिसकेको जहाज दिल्लीमा ६ घण्टा रोकिएपछि…
एमालेले राख्यो नागरिकता विधेयकमा मतदान गर्न माग
एमालेले राख्यो नागरिकता विधेयकमा मतदान गर्न माग
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)
एसपीको सरुवाः प्रधानमन्त्री ओलीको गृहजिल्लामा सानुराम, गंगा पर्साबाट सिआइबी (सुचीसहित)
रास्वपा बैठक : गृहमन्त्रालयको विषयमा निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने
रास्वपा बैठक : गृहमन्त्रालयको विषयमा निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने
घरको छत ढलान गर्ने क्रममा करेन्ट लाग्दा एक मजदूरको मृत्यु
घरको छत ढलान गर्ने क्रममा करेन्ट लाग्दा एक मजदूरको मृत्यु
भोलि किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ?