खाद्यको गोदाममा कुहिएको र किरा परेको चामल

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १४, २०७६
|
|
४८ पटक हेरिएको
Shares
खाद्यको गोदाममा कुहिएको र किरा परेको चामल

सारांश

  • काठमाडौं, पुस १४ ।
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चार सय ५० क्विन्टलभन्दा बढी चामल कुहिएको अवस्थामा भेटिएको छ ।
  • आइतबार खाद्यको थापाथलीस्थित धान गोदाममा अनुगमन गर्दा कुहिएको र किरा परेको चामल तथा लेबलिङ नभएको केही बोरा दाल फेलापरेको हो।

काठमाडौं, पुस १४ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चार सय ५० क्विन्टलभन्दा बढी चामल कुहिएको अवस्थामा भेटिएको छ । आइतबार खाद्यको थापाथलीस्थित धान गोदाममा अनुगमन गर्दा कुहिएको र किरा परेको चामल तथा लेबलिङ नभएको केही बोरा दाल फेलापरेको हो।

यसअघि नै उपभोग गर्न नमिल्ने चामल रहेको खबर बाहिरिएपछि संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समिति, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता अधिकारकर्मीसहितको टोलीले अनुगमन गरेको थियो।

‘अगाडिदेखिको बासमती र टाइचिन चामल प्रयोग गर्न नमिल्ने अवस्थामा पाइयो,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन अधिकृत दिपक पोख्रेलले भने, ‘चामलमा उत्पादन मिति लेखिए पनि कहिलेसम्म प्रयोग गर्न मिल्ने भनेर खुलाइएको छैन।’

उनले खाद्यलाई पटकपटक लेबलिङ गर्न भन्दै आए पनि नटेरेको बताए । उनले भने, ‘चामलको नमुना लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षण गर्न पठाइएको छ र स्पष्ट खुल्ने गरी लेबलिङ गर्न निर्देशन दिइएको छ ।’ अनुगमनमा भेटिएको जुम्लाको दालमा आर्थिक वर्ष ०७१र७२ उल्लेख गरिएको भए पनि अरू विवरण खुलाइएको छैन । पोख्रेलले अनुगमन समितिले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ अनुसार लेबल नभएको उपभोग्य वस्तु बिक्री गर्न नपाइने भएकोले कारवाही प्रक्रिया अघि बढाइने बताए।

त्यस्तै, विभागले बजारमा मासु र अण्डाको कार्टे्लिङ र कृत्रिम अभाव सिर्जना गर्न खोजेको गुनासोका आधारका नेपाल ह्याचरी, दाना र अण्डा उद्योगका व्यवसायीसँग छलफल गरी ऐन अनुसार काम गर्न सचेत गराएको छ।नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?