‘जीवनको रेल’ भन्दै सिडी विजय
सारांश
- काठमाडौं।
- गायक सिडी विजय अधिकारीको स्वरमा रहेको गीत ‘जीवनको रेल’ सार्वजनिक भएको छ।
- त्रिकोणात्मक प्रेम कथाले भरिएको सार्वजनिक गीतका शब्द दीपेन्द्र अधिकारीका छन्।
काठमाडौं। गायक सिडी विजय अधिकारीको स्वरमा रहेको गीत ‘जीवनको रेल’ सार्वजनिक भएको छ। त्रिकोणात्मक प्रेम कथाले भरिएको सार्वजनिक गीतका शब्द दीपेन्द्र अधिकारीका छन्। गीतकार अधिकारी जापानमा बसेर गीत लेख्नमा आफूलाई सक्रिय राख्दै आएका छन्।
गायक सिडीकै संगीत रहेको गीतमा एरेञ्ज राजु कार्कीको छ। आफूलाई भन्दा बढी माया गरेकी आफ्नी प्राण प्यारीले दिएको धोकालाई गायक सिडी स्वयंले भिडियोमा कलात्मक तरिकाले आफ्नो निर्देशकीय कला कौशल देखाएका छन्।
गीतको भिडियोमा दीपेन्द्रराज गिरी, अलिसा बास्तोला र श्रवन विष्टको अभिनय छ। महेश महराको छायांकन रहेको भिडियोमा दिनशन शाहको सम्पादन र कलरिङ छ। गीतको भिडियो डिए क्रियशन युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया