एसियाली फुटबल महासंघ (एएफसी) यू–२३ च्याम्पियनसिपका लागि छनोट हुन असफल रह्यो नेपाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
३९ पटक हेरिएको
Shares
एसियाली फुटबल महासंघ (एएफसी) यू–२३ च्याम्पियनसिपका लागि छनोट हुन असफल रह्यो नेपाल

सारांश

  • काठमाडौं : लगातार दोस्रो खेलमा पराजय बेहोरेपछि नेपाल अर्काे वर्ष चीनमा हुने एसियाली फुटबल महासंघ (एएफसी) यू–२३ च्याम्पियनसिपका लागि छनोट हुन असफल भएको छ ।
  • सोमबार राति भएको खेलमा उज्बेकिस्तानसँग २–० गोलले पराजित भएपछि नेपालको छनोट सम्भावना समाप्त भएको हो ।
  • समूह विजेता बन्दै प्रतियोगिताका लागि सिधै छनोट हुने अवसर गुमाएको नेपालले छनोट प्रतियोगिताको समूह उपविजेतामध्ये उत्कृष्ट पाँचभित्र रहँदै छनोट हुने दोस्रो अवसर पनि गुमाएको हो ।

काठमाडौं : लगातार दोस्रो खेलमा पराजय बेहोरेपछि नेपाल अर्काे वर्ष चीनमा हुने एसियाली फुटबल महासंघ (एएफसी) यू–२३ च्याम्पियनसिपका लागि छनोट हुन असफल भएको छ । सोमबार राति भएको खेलमा उज्बेकिस्तानसँग २–० गोलले पराजित भएपछि नेपालको छनोट सम्भावना समाप्त भएको हो ।समूह विजेता बन्दै प्रतियोगिताका लागि सिधै छनोट हुने अवसर गुमाएको नेपालले छनोट प्रतियोगिताको समूह उपविजेतामध्ये उत्कृष्ट पाँचभित्र रहँदै छनोट हुने दोस्रो अवसर पनि गुमाएको हो ।

च्याम्पियनसिपमा छनोट प्रतियोगिताको १० समूहका विजेता टोली, सबै समूहका उपविजेतामध्ये उत्कृष्ट पाँच र आयोजक गरी १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । समूह विजेताका साथै उत्कृष्ट पाँच उपविजेताभित्र रहँदै प्रतियोगिताका लागि छनोट हुनका लागि नेपाललाई उज्बेकिस्तानविरुद्धको खेल जित्नै पर्ने दबाब थियो ।

यद्यपि, नेपालले त्यसका लागि जितको आवश्यक नतिजा निकाल्न सकेन । आफ्नो पहिलो खेलमा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) सँग ५–० गोलले पराजित भएको नेपाल उज्बेकिस्तानविरुद्ध पनि गोल गर्न असफल रह्यो ।

यूएईको अल ऐइन सहरस्थित तहनुन बिन मोहमेद स्टेडियममा भएको खेलमा नेपाल पहिलो हाफमै पछि परेको थियो । खेलको २१ औं मिनेटमा उज्बेकिस्तानका तुर्सुनोभ दोस्तोन्बेकले हेडिङ गोल गरेपछि नेपाल १–० पछि परेको थियो । त्यसपछि खेलको ८० औं मिनेटमा उज्बेकिस्तानका गानिईभले नेपाली गोलरक्षक एलन न्यौपानेलाई समेत बिट गर्दै गोल गरेपछि नेपालको हार २–० ले पक्का बनेको थियो ।

खेलको सुरुवातबाटै दबाबमा देखिएको नेपाल धेरै अवसरमा गोल व्यहोर्नबाट बचेको थियो । त्यसको ठीकविपरीत निकै कम गोल अवसर पाएको नेपालले त्यसलाई सदुपयोग गर्न सकेन । समूह डी मा रहेको नेपालले आफ्नो अन्तिम खेलमा बुधबार लेबनानसँग प्रतिस्पर्धा गर्नेछ ।

(Zolpidem)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एयर मार्शल राख्न दिएर सरकारले गद्दारी गर्दैछ:वैद्य
एयर मार्शल राख्न दिएर सरकारले गद्दारी गर्दैछ:वैद्य
भक्तपुरमा एकैदिन १७ जना कोरोना संक्रमित थपिए
स्वरोजगार बनाउन युवालाई बिनाधितो ऋण
स्वरोजगार बनाउन युवालाई बिनाधितो ऋण
बेलायतमा अर्थमन्त्री सुनकले राजीनामा दिएपछि संकटमा जोनसन सरकार
गरिबलाई न्याय हुने भवन निर्माणमा नयाँ अवधारणा ल्याइने
गरिबलाई न्याय हुने भवन निर्माणमा नयाँ अवधारणा ल्याइने
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)
डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन
डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन
चीनको विशाल टेलिकम कम्पनी हुवावेको कारोबार २१ प्रतिशतले बढ्यो, सत्यको जित हुने कम्पनीको दावी
चीनको विशाल टेलिकम कम्पनी हुवावेको कारोबार २१ प्रतिशतले बढ्यो, सत्यको जित हुने कम्पनीको दावी
निशान म्यागनाइट फागुन २२ गते सार्वजनिक हुने
निशान म्यागनाइट फागुन २२ गते सार्वजनिक हुने
दीपकबाहेकको अरु व्यक्तिले आकर्षित नै गरेन!!! बिहे नगर्ने मुडमा दिपाश्री निरौला…
दीपकबाहेकको अरु व्यक्तिले आकर्षित नै गरेन!!! बिहे नगर्ने मुडमा दिपाश्री निरौला…