डुबेर मृत्यु तथा बेपत्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३२, २०७४
|
|
२५ पटक हेरिएको
Shares
डुबेर मृत्यु तथा बेपत्ता

सारांश

  • काठमाडौं, ३२ साउन मकवानपुर ः राक्सीराङ गाउँपालिका–४ बस्ने ४३ वर्षीय कर्ण बङ ब्लोनको मंगलबार डुमुरे खोलाले बगाएर मृत्यु भएको छ ।
  • धनुषा ः नगराईन नगरपालिका–४ घोडघास बस्ने राम सोगारथ राउतको १४ वर्षीया छोरी दुर्गाकुमारी राउतको मंगलबार खेतमा घाँस काटेर घर फर्कने क्रममा खेतबाट आएको बाढीले बगाएर मृत्यु भएको छ ।
  • बाँके ः नरैनापुर गाउँपालिका–६ कुदरबेटवा बस्ने ३० वर्षीया श्याम दुलारी यादब, उनकी ८ वर्षीया छोरी अन्जली यादबको मंगलबार सिधैया नालामा डुबेर मृत्यु भएको छ भने ३ वर्षीया सुमिता यादव बेपत्ता भएकी छिन् ।

काठमाडौं, ३२ साउन
मकवानपुर ः राक्सीराङ गाउँपालिका–४ बस्ने ४३ वर्षीय कर्ण बङ ब्लोनको मंगलबार डुमुरे खोलाले बगाएर मृत्यु भएको छ ।
धनुषा ः नगराईन नगरपालिका–४ घोडघास बस्ने राम सोगारथ राउतको १४ वर्षीया छोरी दुर्गाकुमारी राउतको मंगलबार खेतमा घाँस काटेर घर फर्कने क्रममा खेतबाट आएको बाढीले बगाएर मृत्यु भएको छ ।
बाँके ः नरैनापुर गाउँपालिका–६ कुदरबेटवा बस्ने ३० वर्षीया श्याम दुलारी यादब, उनकी ८ वर्षीया छोरी अन्जली यादबको मंगलबार सिधैया नालामा डुबेर मृत्यु भएको छ भने ३ वर्षीया सुमिता यादव बेपत्ता भएकी छिन् ।
पर्सा ः सुबर्णपुर गाउँपालिका–२ हनुमानटार बस्ने कुमार बस्नेतको ८ वर्षीया छोरी कृपा बस्नेत सोही ठाउँ स्थित बाटोको पानीको खाल्टोमा डुबेर गम्भीर घाईते भएकीले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठोरीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
अछाम ः डोटी पुर्वीचौकी गाउँपालिका–५ बोगटी गाउँ बस्ने २५ वर्षीय नैनासिंह बि.क. अछाम चउर पार्टी गाउँपालिका–६ स्थित दुनिखोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएका छन् ।

(https://www.enov8.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?