ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज : राष्ट्रपति

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ११, २०७९
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज भएको बताउनुभएको छ ।
  • उहाँले भन्नुभएको छ, “ज्येष्ठ नागरिकले जीवनभरको सङ्घर्ष र भोगाइहरूबाट आर्जन गरेका ज्ञान, सीप र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्दछ ।

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज भएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “ज्येष्ठ नागरिकले जीवनभरको सङ्घर्ष र भोगाइहरूबाट आर्जन गरेका ज्ञान, सीप र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्दछ ।”

दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७९ का अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपतिले ज्येष्ठ नागरिकमा अन्तर्निहित ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न आवश्यक वातावरण सिर्जना गर्न परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक पर्ने बताउनुभयो ।

उहाँले ज्येष्ठ नागरिकमा सुस्वास्थ्य, दीर्घायु एवम् मर्यादित जीवनयापनका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

विसं २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै गत वर्षदेखि नेपाल सरकारको निर्णयबमोजिम पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो ।

यस वर्ष पनि ‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागिएको छ ।

ज्येष्ठ नागरिकको मर्यादित जीवन एवं सहज जीवनयापनका लागि परिवारका सदस्य, समाज, सङ्घसंस्था एवं तीनै तहका सरकारले समन्वयात्मक रूपमा सहकार्य गर्नुपर्ने राष्ट्रपतिको भनाइ छ । सरकारले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवा, यातायात सेवालगायत सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा व्यवस्था गरेको छुट सहुलियत र सेवा सुविधाको थप विस्तार गर्दै तिनको प्रभावकारी कार्यान्वयन गर्न सम्बद्ध सबैमा राष्ट्रपतिले आह्वान गर्नुभएको छ ।

‘मातृदेवो भव: पितृ देवो भव: को मान्यताबाट निर्देशित पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्त्वलाई आत्मसात् गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको भनाइ छ । ज्येष्ठ नागरिकको जीवनलाई सहज र सम्मानित बनाउनका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैमा राष्ट्रपतिले आह्वान गर्नुभएको छ ।

(https://www.echelon.health/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    注册获取100 USDT

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?