नेपालको लगातार चौँथो जित, ४ खेलबाट सन्दिपको नाममा १७ विकेट !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
२० पटक हेरिएको
Shares
नेपालको लगातार चौँथो जित, ४ खेलबाट सन्दिपको नाममा १७ विकेट !

सारांश

  • काठमाडौँ, २३ असोज ।
  • मलेसियामा जारी टि ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा नेपालले चौँथो जित दर्ता गरेको छ ।
  • मंगलबार विहान भएको खेलमा नेपालले भुटानलाई १ सय १७ रनले हराएको हो ।

काठमाडौँ, २३ असोज । मलेसियामा जारी टि ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा नेपालले चौँथो जित दर्ता गरेको छ । मंगलबार विहान भएको खेलमा नेपालले भुटानलाई १ सय १७ रनले हराएको हो ।

पहिले ब्याटिङ् गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटानले १६ दशमलब ४ ओभरमा ३३ रन बनाएर सबै विकेट गुमाएपछि नेपालले खेल १ सय १७ रनले जितेको हो । भुटानका लागि तेन्जिन वाङ्चुक जुनियरले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन बटुल्न सकेनन् । भुटानका ४ खेलाडी शुन्य रन मै पवेलियन फर्केका थिए ।


भुटानलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछाने र ललित राजवंशीले समान ३÷३ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट लिएका थिए । त्यस्तै दिपेन्द्र सिँह ऐरी र सरद भेषावकरले समान १÷१ विकेट लिएका थिए ।  यसअघि पहिले ब्याटिङ् गरेको नेपालले प्रदिप सिँह ऐरीको ७५ रनको मदतमा १ सय ५० रन बनाएको थियो । उनले ६८ बलमा २ छक्का र ४ चौका प्रहार गर्दै ७५ रन बनाएका थिए । खेलको म्यान अफ दि म्याच पनि प्रदिप नै भए । प्रदिप बाहेक नेपालका लागि अनिल कुमार शाहले २७, दिपेन्द्रले १५, आरिफ शेखले १३ र करण केसीले ११ रन बनाए ।


जारी प्रतियोगितामा नेपाली खेलाडी सन्दिप लामिछानेले १७ विकेट लिँदै धेरै विकेट लिने खेलाडीको सूचीमा शिर्ष स्थानमा रहेका छन् । उनले मात्र चार खेलबाट १७ विकेट लिएका हुन् । यस अघि सन्दिपले पहिलो खेलमा म्यानमार विरुद्ध ४ तथा दोस्रो तेस्रो खेलमा मलेसिया र थाइल्याण्डसँग ५÷५ विकेट लिएका थिए । सोही सूचीको दोस्रो स्थानमा सिंगापुरका जनक प्रकाश रहेका छन् । उनले ४ खेलमा ९ विकेट लिएका छन् । सन्दिप जनक भन्दा ८ विकेटले अगाडी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?