कांग्रेसका यी दुई नेता संसदीय दलको नेतामा भिड्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
३१ पटक हेरिएको
Shares
कांग्रेसका यी दुई नेता संसदीय दलको नेतामा भिड्दै

सारांश

  • काठमाडौं, १२ फागुन – कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई अघि सार्ने तयारी गरेको छ ।
  •  आजको कान्तिपुर दैनिकमा खबर छ ।
  • महामन्त्री शशांक कोइरालाले सर्वसम्मत भए मात्रै आफू दलको नेता बन्ने तर चुनावी प्रतिस्पर्धामा नजाने बताएपछि सिंहलाई अघि सार्ने तयारी भएको पौडल निकट एक केन्द्रीय सदस्यले बताए।

काठमाडौं, १२ फागुन – कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई अघि सार्ने तयारी गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

महामन्त्री शशांक कोइरालाले सर्वसम्मत भए मात्रै आफू दलको नेता बन्ने तर चुनावी प्रतिस्पर्धामा नजाने बताएपछि सिंहलाई अघि सार्ने तयारी भएको पौडल निकट एक केन्द्रीय सदस्यले बताए।

प्रत्यक्षतर्फ २३ र समानुपातिक ४० गरी कांग्रेसका ६३ सांसद छन्। आफ्नो पक्षमा सुविधाजनक बहुमत देखेपछि देउवा दलको नेता बन्न आफैं अग्रसर भएका हुन्। ‘६३ मा ३९ जनाले आफूलाई मत हाल्छन् भन्नेमा देउवा ढुक्क हुनुहुन्छ,’ देउवा निकट एक नेताले भने, ‘उहाँले छाड्ने सम्भावना छैन। आफ्ना लागि मत माग्ने काम थालिसक्नु भएको छ।’

पौडेल पक्षले देउवा पक्षमा असन्तुष्टि बढेको र त्यसको फाइदा उठाउन सकिने आस गरेको छ। पौडेल पक्षले ६३ मा २९ सदस्य आफ्नो पक्षमा रहेको बताउँदै आएको छ। केन्द्रीय सदस्य चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, प्रदिप पौडेललगायतका युवा नेताले भने पार्टी पराजय भएको ०५१ र ०६३ मा गिरिजाप्रसाद कोइरालाले समेत आफू अघि नसरी दोस्रो तहका नेताहरूलाई दलको नेता बनाएको उदाहरण दिँदै देउवाबाट पनि त्यही अपेक्षा राखेको बताउँदै आएका छन्। तर देउवाले निटस्थ नेताहरूसँग दलको नेतामा आफैं प्रतिस्पर्धा गर्ने बताइसकेका छन्।

कांग्रेसले दलको नेता र कार्यसमितिको निर्वाचनका लागि प्रक्रिया अघि बढाउन शनिबार संसदीय दलको बैठक बोलाएको छ। सिंहदरबारस्थित दलको कार्यालयमा राखिएको बैठकमा संसदीय दलको विधान र निर्वाचनको तालिकाबारे छलफल हुनेछ। दलले तयार गरेको विधानलाई अनुमोदन गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १३ गते बोलाइएको छ। संघीय संसदको बैठकअघि नै कांग्रेसले दलको नेता चयन गरिसक्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। उनका अनुसार यसै साता दलको नेताको चुनाव हुने सम्भावना छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rajan Pratap Singh Basnyat

    Pada lai no

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?