प्रधानमन्त्री ओलीले पाएको पुरस्कारले ‘राष्ट्रिय प्रतिभा पुरस्कार कोष’ स्थापना गरिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
४५ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले पाएको पुरस्कारले ‘राष्ट्रिय प्रतिभा पुरस्कार कोष’ स्थापना गरिने

सारांश

  • काठमाडौं, २१  मंसिर ।
  • मंसिर १७ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई युनिभर्सल पिस फेडेरेसनबाट नेतृत्व तथा सुशासन पुरस्कारमार्फत प्राप्त भएको एक लाख अमेरिकी डलरमा सरकारबाट त्यति नै रकम थप गरेर ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।
  •   मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज तथा अनुसन्धान र विकासका क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई यो पुरस्कार दिइने निर्णय भएको जानकारी दिनुभयो ।

काठमाडौं, २१  मंसिर । मंसिर १७ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई युनिभर्सल पिस फेडेरेसनबाट नेतृत्व तथा सुशासन पुरस्कारमार्फत प्राप्त भएको एक लाख अमेरिकी डलरमा सरकारबाट त्यति नै रकम थप गरेर ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु जानकारी गराउन गरिएको पत्रकार सम्मेलनमा सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज तथा अनुसन्धान र विकासका क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई यो पुरस्कार दिइने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्तै सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको डिल्लीबजारमा रहेको आवासलाई संग्रहालय बनाउने निर्णय गरेको मन्त्री बास्कोटाले जानकारी दिनुभयो ।  त्यस्तै सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा मोरङका रमेशकुमार पोखरेललाई नियुक्त गरेको छ ।  मन्त्रिपरिषद बैठकले पुथा उत्तरगंगा गाउँपालिका, पूर्वी रुकुमको केन्द्र साविकको कोल गाविसको कार्यालयबाट सारेर तक्सेरामा राख्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले ललितपुरको भैँसेपाटीमा रहेको सैँबु आवास क्षेत्रमा सांसद आवासका लागि छुट्याइएको १४९ रोपनी जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष,उपसभामुख र मन्त्रीहरुका लागि २७ वटा आवास भवन तथा प्रदेश प्रमुख र मुख्यमन्त्री आवास सम्पर्क कार्यालयका लागि १४ वटा भवन निर्माण गर्ने निर्णय पनि गरेको छ ।  त्यस्तै ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवास परिसरमा १० वटा राजकीय अतिथि गृह निर्माण गर्ने सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठककाे निर्णय

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबैभन्दा सस्तो र सानो कार ‘क्युट’ लन्च, करिब ५ लाख २७ हजार रुपैयाँ : बाइक चढ्ने पैसाले कार किन्न मिल्ने
सबैभन्दा सस्तो र सानो कार ‘क्युट’ लन्च, करिब ५ लाख २७ हजार रुपैयाँ : बाइक चढ्ने पैसाले कार किन्न मिल्ने
Shweta Tripathi and Chaitanya Sharma host a pre-wedding bash for their industry friends, see pics
Shweta Tripathi and Chaitanya Sharma host a pre-wedding bash for their industry friends, see pics
सिंगापुर पुगेका देउवा सुटुक्क भारत !
पूर्वगृहमन्त्री खड्का चढेको गाडी सुर्खेतमा दुर्घटना
पूर्वगृहमन्त्री खड्का चढेको गाडी सुर्खेतमा दुर्घटना
सुपारमाई हाइड्रोपावरको आइपिओ खुला
सुपारमाई हाइड्रोपावरको आइपिओ खुला
नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन
नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन
के तापाईंलाई हरर फिल्म हेर्न मन पर्छ ? यी हुन् छुटाउन नहुने केही डरलाग्दा फिल्म !
के तापाईंलाई हरर फिल्म हेर्न मन पर्छ ? यी हुन् छुटाउन नहुने केही डरलाग्दा फिल्म !
प्रधानमन्त्री ओलीको आत्मविश्वासले स्वास्थ्यमा उच्च सुधार
प्रधानमन्त्री ओलीको आत्मविश्वासले स्वास्थ्यमा उच्च सुधार
राजनीतिक धु्रवीकरणले लोकतन्त्रिक शक्तिलाई बलियो बनाउँछ–मन्त्री थापा
उपसभामुख हटाउने विषयबाट कांग्रेस-एमाले ब्याक हुन्छन्ः प्रचण्ड
उपसभामुख हटाउने विषयबाट कांग्रेस-एमाले ब्याक हुन्छन्ः प्रचण्ड