टिकाकाे साइत कति बजे छ ?
सारांश
- काठमाडौं, २२ कात्तिक।
- तिहारमा भाइटीका लगाउने उत्तम साइत शुक्रबार ११ बजेर ५५ मिनेट भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
- समितिका सदस्यसचिव डा.
काठमाडौं, २२ कात्तिक। तिहारमा भाइटीका लगाउने उत्तम साइत शुक्रबार ११ बजेर ५५ मिनेट भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका सदस्यसचिव डा. सूर्य ढुंगेलका अनुसार मनुष्यको पूजा मध्याह्न कालमा गरिन्छ, सोहीअनुसार साइत खोज्दा दिउँसो ११ बजेर ५५ मिनेटमा उत्तम साइत निस्किएको छ ।
उनले भने, ‘यो समय शुभ छ, अभिजित मुहूर्त भएकाले सबै दोष नाश गर्ने उक्त समयमै भाइटीका लगाउनु उत्तम हुन्छ तर त्यसपछिको समयमा पनि टीकालाई साइत हुन्छ । नभ्याउनेले त्यसपछि पनि लगाउन सक्छन् ।’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया