प्रधानमन्त्री शेरबहादुर देउवाले कहिले देलान् राजीनामा ? आजै कि फागुन ५ मा ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
प्रधानमन्त्री शेरबहादुर देउवाले कहिले देलान् राजीनामा ? आजै कि फागुन ५ मा ?

सारांश

  • काठमाडौं, माघ २४।
  • मंसिरमा भएको चुनावमा नराम्रोसँग पराजित भएपनि राजीनामा नदिई बसेका देउवाले कहिले राजीनामा देलान् भन्ने चासो सबैतिर रहेको छ ।
  • बालुवाटार स्रोतहरुले भने फरक फरक धारणा व्यक्त गरेका छन् ।

काठमाडौं, माघ २४। मंसिरमा भएको चुनावमा नराम्रोसँग पराजित भएपनि राजीनामा नदिई बसेका देउवाले कहिले राजीनामा देलान् भन्ने चासो सबैतिर रहेको छ । बालुवाटार स्रोतहरुले भने फरक फरक धारणा व्यक्त गरेका छन् ।

कसैले राष्ट्रियसभा चुनाव सकिएलगत्तै आजै साँझ प्रधानमन्त्रीको राजीनामा आउन नसक्ने बताएका छन् भने कसैले प्रतिनिधिसभाको चुनावको अन्तिम परिणाम सार्वजनिक भएपछि अर्थात फागुन ५ गते राजीनामा आउन सक्ने बताएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा दोस्रोको चुनाव भएको दुई महिनाभन्दा बढी भइसक्दा पनि समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक नभएको कारण देखाउँदै राजीनामा दिएका छैनन् । निर्वाचन आयोगले पनि संघीय संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित गर्नका लागि भन्दै समानुपातिकतर्फको परिणाम रोकेर राखेको छ । निर्वाचन आयोगले आजै साँझ प्रतिनिधिसभातर्फको समानुपातिक मत परिणाम सार्वजिनक गर्ने तयारी शुरु गरेको स्रोतहरुले जनाएको छ । राष्ट्रियसभाको चुनाव सकिनेबित्तिकै आयोगले परिणाम सार्वजनिक गर्न लागेको हो ।

बुधबार बिहानैबाट राष्ट्रियसभाको सांसद छान्नका लागि चुनाव शुरु भएको छ । एउटा स्रोतले आयोगबाट औपचारिकरुपमा परिणाम आएपछि देउवाले राजीनामा दिने सम्भावना रहेको जनाएको छ भने अर्को स्रोतले समानुपातिक छान्ने प्रक्रिया समाप्त भएपछि मात्रै राजीनामा आउने जनाएको छ । समानुपातिकतर्फको उम्मेदवार छनोट ढिलोमा फागुन ५ गते भइसक्ने छ । त्यसपछि मात्रै देउवाको राजीनामा आउने स्रोतले जनाएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Krishna Thakuri

    नैतिकता नभएका प्रधानमन्त्रीले जहिले दिए पजि के भाे र

    Comment Author

    Gurung Man

    मर्नु भन्दा १ मिनेट आगडि !!!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?