स्पेनिश लिगमा बार्सिलोनाको सहज जीत

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १९, २०७९
|
|
४३ पटक हेरिएको
Shares
स्पेनिश लिगमा बार्सिलोनाको सहज जीत

सारांश

  • काठमाडौं।
  • बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ।
  • स्पेनिश लिगमा शीर्षस्थानमा रहेको बार्सिलोनाले घरेलु टोली इल्चेमाथि ४-० को फराकिलो जित निकालेको हो।

काठमाडौं। बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ। स्पेनिश लिगमा शीर्षस्थानमा रहेको बार्सिलोनाले घरेलु टोली इल्चेमाथि ४-० को फराकिलो जित निकालेको हो।

पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोल तथा अन्सु फाती र फेरान टोरेसले एक एक गोल गरे पछि बार्सिलोनाले सानदार जीत निकाल्न सफल भएको हो।

इल्चेमा शनिबार राति भएको एक पक्षीय खेलको २०औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १-० को अग्रता लिन सफल भएको थियो। दोस्रो हाफको ५६औं मिनेटमा फेरान टोरेसको पासमा अन्सु फातीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे।

त्यसको १० मिनेट पछाडी अर्थात ६६औं मिनेटमा गाभीको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए। र, ७०औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई ४-० को सहज जित दिलाए।

यस जितसँगै बार्सिलोना २७ खेलबाट ७१ अंकसहित शिर्ष स्थानमा छ भने पराजित इल्चे १३ अंक जोडेर रेलिगेसनको पुछारमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

च्याङ्ग्राको मूल्य महँगो, स्थानीय खसीबोकाको मूल्य उस्तै
च्याङ्ग्राको मूल्य महँगो, स्थानीय खसीबोकाको मूल्य उस्तै
केश मुण्डन गरेर  आमाको  किरिया बसिन् प्रदेशसभा सदस्य उषाकला राई
केश मुण्डन गरेर आमाको किरिया बसिन् प्रदेशसभा सदस्य उषाकला राई
वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले गरे राजनीतिमा आउने घोषणा
वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले गरे राजनीतिमा आउने घोषणा
‘कसरी गठबन्धन तोड्ने त ?’  प्रचण्डले सोधे , ‘लौ, उपाय बताउनुस्’ भन्दा अमरेश भए अक्क न बक्क।
‘कसरी गठबन्धन तोड्ने त ?’ प्रचण्डले सोधे , ‘लौ, उपाय बताउनुस्’ भन्दा अमरेश भए अक्क न बक्क।
भारतीय सिमेन्टको पैठारी रोकियो
भारतीय सिमेन्टको पैठारी रोकियो
फेन्सङमा आर्मी ५ स्वर्णसहित च्याम्पियन
फेन्सङमा आर्मी ५ स्वर्णसहित च्याम्पियन
अमेरिका र मेक्सिको बीच  स्वतन्त्र व्यापार सम्झौता अद्यावधिक हुँदै !
अमेरिका र मेक्सिको बीच स्वतन्त्र व्यापार सम्झौता अद्यावधिक हुँदै !
जेठ २ गते शुक्रबारको राशिफल यस्तो छ
जेठ २ गते शुक्रबारको राशिफल यस्तो छ
सेयरबजार लगातार ओरालो, विहिबार कुन कम्पनीले कति गुमाए
सेयरबजार लगातार ओरालो, विहिबार कुन कम्पनीले कति गुमाए
महिलाका कारण गुगलका वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारी बर्खास्त